• होमपेज
  • समाचार
  • एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

  • आइतवार, फाल्गुन ८, २०७८
एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

प्रतिनिधि सभामा एमसीसी पेस गर्ने कार्यसूची तय भएको छ । सूचीको तेस्रो नम्बरमा रहेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बिच भएको अनुदान सहायता सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्दैछन् ।

यसबाहेक लोक सेवा विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने र राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार