• होमपेज
  • समाचार
  • मदिरा सेवन गरी लेखापाल कुट्ने क्याम्पस प्रमुख निलम्बित

मदिरा सेवन गरी लेखापाल कुट्ने क्याम्पस प्रमुख निलम्बित

  • बुधबार, माघ २६, २०७८
मदिरा सेवन गरी लेखापाल कुट्ने क्याम्पस प्रमुख निलम्बित

धनगढी — कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन्। क्याम्पसप्रमुख सिंहले माघ २४ गते मदिरा सेवन गरी क्याम्पसका लेखापाल पदम विष्टमाथि हातपात गरेका थिए।

लेखापालमाथि भएको हातपातप्रति विद्यालयका शिक्षक र कर्मचारीले संयुक्त विज्ञप्ति निकाली कानुनी कारबाहीको माग गरेका थिए। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखापालमाथि हातपात गरेको भन्दै क्याम्पस प्रमुख सिंहलाई निलम्बन गरी रुद्र सापकोटालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छ।

क्याम्पस प्रमुख रहेका सिंहले सोमबार बिहान मदिरा सेवन गरी लेखापाल विष्टमाथि हातपात गरेको खाँडाचक्र नगरपालिका– २ का वडाध्यक्ष महावीर पाण्डेले बताए।

चर्चामा

सम्बन्धित समाचार