• होमपेज
  • बाजुरा बिशेष
  • भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र

भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र

  • बुधबार, माघ २६, २०७८
भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र

जँग रावल/ बाजुरा — हुम्ला लगायत जिल्लाका भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र पढने गरेका छन् । हिउ“दको जाडो छल्न भोटे जनजातीहरु सब परिवार सहित औल झर्ने भएपछि वालवालिका पढाइ बाट बञ्चित हुने गरेका छन् ।
बाजुरा, हुम्ला जिल्लाका लेकाली क्षेत्रका भोटेहरुले हिउँदको समयमा घर छाडेर बेशि झरेका छन् । अभिभावक हिडेपछि तिनका स्कूले केटाकेटी एक्लै घर बस्ने कुरै भएन । बाबुआमासंगै बालबच्चा समेत हिडेपछि उनीह पढाई बाट बञ्चित भएका हुन् ।
जाडो छल्न औल झर्ने भोटे जनजातीका बालबालिकाहरु हिउ“दे अवधिको ६ महिना पढाईबाट बञ्चित हुन्छन् । बाजुराका तिन स्थानिय तहका बिच्छया“, पाण्डुसेन, बा“धु, कोटीला, कोल्टी र मार्तडीमा भोटे जनजातीहरुको बसोवास छ । ‘कार्तिक मंसिरमा झरेका उनीहरु चैत्र महिनामा मात्रै घर फर्किन्छन्’, भोटे जनजाती सेवा समितिका पुर्व अध्यक्ष नृप थापा भोटेले भने, ‘यस अवधिमा बालबालिकाहरुको पढाई अवरुद्ध हुने वताए ।’
पाण्डुसेनका पासाङ् थापा (भोटे)को परिवार गत वर्ष झै यस पाली मंसिर पहिलो साता औल झरेको छन् । पासाङ्को परिवारले आफ्ना तीन बच्चा सहित भेडा च्याङ्ग्रा लिएर घर छोडेपछि स्थानीय सिद्धेश्वरी प्राथमिक विद्यालयमा कक्षा चारमा पढ्दै आएकी छोरी डोल्माको पनि विद्यालय छुटेको छ । ‘घर जहानै बसाई सरेपछि छोरीलाई मात्रै कसको भरमा गाउ“मा राख्नु’, पासाङले भने ‘मनले नचाहेर पनि बालबच्चाको स्कूल छुटाउनैपर्ने बाध्यता हुन्छ ।’
डोल्मा जस्तै जनजातीका करिब १ हजार ८ सय बालबालिकाहरु यस अवधिमा विद्यालय शिक्षाबाट बञ्चित हुने गरेका नेपाल भोटे जनजाती सेवा समिति बाजुराले जनाएको छ । समितिका अनुसार यस जिल्लामा ६ सय परिवार जनजातीको बसोवास छ । घर फर्किदासम्म विद्यालयमा बार्षिक परिक्षा भईसक्ने भएकाले बालबालिकाहरु उपल्लो कक्षामा समेत जान समस्या हुन्छ । कतिपय भने परिक्षा भ्याउने गरी घर फर्किने गरेको जनक भण्डारीले वताए ।
पछिल्लो समयमा जनजाती बालबालिकाहरु शिक्षाबाट बञ्चित हुदै आएको सवालमा जिल्ला तहमा छलफल हुने गरेको भएपनि वैकल्पिक उपाय भने कसैले नदिएको सेवा समितिका अगुवाहरुको गुनासो गर्दै आएका छन् । बसाई सर्ने जनजातीका बालबालिकालाई लक्षित गरी घुम्ती विद्यालय सञ्चालन हुनुपर्नेमा जनजाती अगुवाहरुले जोड दिदै आएका भएपनि कार्यान्वयन भने भएको छैन ।
धेरै भोटेजनजातिका बालवालिको भने बिद्यालय समेत नदेखेका समेत रहेका छन् । हिउँदमा बेशी र बर्षातमा हिमाली क्षेत्रमा भेडा सहित बसाइ सर्ने भएपछि शिक्षा बाट पुणर् रुपमा बञ्चित हुने गरेको हिमाल भक्ति प्राबि गुम्बाका एक शिक्षकले वताएका छन् ।
शिक्षा समन्वय बाजुराका अनुसार जनजाती बालबालिकाको शिक्षाको सवाल निक्कै चुनौतीपूणर् भएको बताउ“दै आएको छ । आर्थिक रुपमा विपन्न यी समूदायका बालबालिकाहरुले करिब ६ महिना विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने भएकाले जनजाती समूदायमा पढेलेखेकाहरुको संख्या समेत न्यून छ । जिल्ला भर करिब ४२ जनाले मात्रै एसएलसी तहसम्म उतीणर् गरेको समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार