धनगढी — धनगढीको एक होटेलमा पुरुष मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकस्थित जयलक्ष्मी होटेलमा विषादी सेवन गरेका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ३८ वर्षीय देव धामीको मृत्यु भएको हो। उनले सेल्फास नामक विषादी सेवन गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जेशीले बताए। सोमबार विषादी सेवनपछि सेती प्रादेशिक अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट नोभा अस्पताल लगिएको थियो।
नोभाको आईसीयूमा राखेर उपचार भइरहेकामा हिजो राति नै धामीको मृत्यु भएको प्रवक्ता जोशीले बताए।