दंगीशरणमा एक व्यक्तिको करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
दंगीशरण गाउँपालिका वडा नं. ७ बाँकाका ३६ वर्षीय भूपेन्द्र डाँगीको करेन्ट लागेर मृत्यु भएको हो।
डाँगी शुक्रबार बेलुका ६ बजेतिर घरमा मृत अवस्थामा फेला परेका थिए। विद्युतको नाङ्गो तारमा छुन पुग्दा डाँगीको मृत्यु भएको देखिन आएको प्रहरीले जनाएको छ।।
करेन्टका कारण हातबाट ओछ्यानसमेत जलेको अवस्था देखिएको प्रहरीले जनाएको छ।
डाँगी घरमा एक्लै बस्दै आएका थिए। गाउँमा विवाह समारोहमा सहभागी भएर उनी घर गएका थिए।
डाँगीको शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।