किभ–युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ । बिहीबार बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा गार्डको मृत्यु भएको हो । युक्रेनको निप्रोस्थित पिभ्देन्मास मिसाइल कारखानामा गोली चल्दा अन्य पाँच घाइते भएका छन् ।
सैनिकले गोली चलाउनुको कारण हाल सम्म नखुलेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ । स्थानिय प्रहरीका अनुसार आक्रमणकारी सैनिकले राइफल चलाएका थिए ।
साे घटनामा पाँचको मृत्यु भएको छ भने अन्य पाँच सुरक्षागार्ड घाइते भएका छन् । गोली चलाउने सैनिक फरार छन् । चलाएर उनको खोजी कार्य जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।