• होमपेज
  • समाज
  • बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ पुग्याे

बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ पुग्याे

  • बिहिबार, माघ १३, २०७८
बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ पुग्याे

जंग रावल/बाजुरा–राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ ।
२०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ । बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाएको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार २३ हजार ८ सय ९१ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९ सय २२ रहेको जनाएको छ । बाजुराको लैंगिक अनुपात ९४.७० रहेको छ । परिवारको आकार ४.८१, जनघत्व ६४ रहेको छ । बाजुराको बार्षिक बृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको जनाएको छ । अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हाे। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ । यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ । १९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो । पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो। १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ ।
२०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो। ०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो। पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ। १० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो। हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ। जुन गत जनगणनामा ९४.१६ थियो ।

चर्चामा

सम्बन्धित समाचार