सुरेशकुमार पान्डे– अहिले धेरैजसो आमूलपरिवर्तन गर्न खोज्ने साथिहरूले नयां प्रकारको क्रान्तिकारी पार्टी निर्माण गर्ने कुराहरू उठाउँदा मलाई पनि केहि लेखौं लेखौं लाग्यो।
हामिले क्रान्तिकिरी पार्टी खोल्नुभन्दा पहिले बुझ्नैपर्ने बिषय केहोभने क्रान्ति कुनचराको नाउँहो र को सँग गर्ने बारे प्रष्ट हुन आबस्याकताछ।
बुजुर्वा संस्कारलाई बदल्ने होकि,कृषिक्रान्ति गर्ने होकी,सामाजिक क्रान्ति गर्ने होकी आदि ईत्यादि।
राजनीतिक पार्टी कुनै एकजनाको प्याउते हुँदैन हुनपनि सक्दैन।हाम्रो देशमा घरघरै पार्टीछन अनि कम्युनिष्ट पार्टीको त हिसाबनै छैन।२००६साल पछि कम्युनिष्टहरूका जतिपनि हांगा वांगा भए ति सबै आ-आफ्नो ठाउँमा क्रान्ति गर्न कमरकसेका पार्टी हुँन अनि ति मध्यका धेरैजसो पार्टीहरूले उग्रवामपन्थि लफ्फाजीको बाटो हुँदै दक्षिणपन्थि खाल्टोमा खसेकाछन।अब कति पय साथिहरूले नयां क्रान्तिकारी पार्टीका कुरा गर्नु भएकोछ र उँहाहरूले आफुहरू बिगतका ति पार्टी वा साथिहरू भन्दा बेग्लै र बिशिष्ट क्रन्तिकारी ब्याक्ति भएको दाबा पनि गर्नु हुन्छ।पक्कै पनि त्यो नहुँने कुरा हुन सक्दैन किन भने असम्भब भन्नु अहिले केहिपनि छैन।
तर यसकालागि सबै भन्दा पहिले आफैबाट क्रान्ति सुरू गर्नुपर्नेछ आफुमा रहेको निम्न पुंजिवादी सोंचलाई पखालेर आफुलाई सर्वहारा करण गर्ने,अनुसाशनको सबैभन्दा बढि आफुले पालना गर्ने आत्म त्याग र मालेमाको बिचारधारालाई सतप्रतिसत पहिले आफुमा लागु गर्ने त्यसो गर्न सक्नु भयो भने क्रान्तिकारी पार्टी निर्माण गर्न सक्नु हुनेछ।
कतिपय साथिहरूले त्यो पनि गर्न सक्नुहोला तर कतिपय साथिहरूले मात्रै गरेर त निश्चितरूपमा पुग्दैन।पार्टी निर्माण गर्नुपर्ला पार्टी भित्र नयां नया मानिस ल्याउँनु पर्ला के त्यो नयाँ साथिहरू आफु जस्तै आउँनन् त?कोहि ठिक आउलान कोहि खराब आउलान,कोई अन्जान सोझा नादान पनि पार्टीमा आउलान ति सबैलाई फेरी अनुसाशनमा बान्धनुपनि पर्ला।पार्टीले क्रान्ति गर्ने क्षामता नहुँदा सम्मको कार्यनीतिलाई पनि तजूर्मा गर्नुपर्ला।त्यो बेला सम्म पार्टीमा प्रवेश गरेका मध्यकाले पनि
यदि अनुसाशन मानेनन् भने कार्वाहि पनि गर्नु पर्ला आदि ईत्यादी।यो सबै प्रकृया बाट गुज्रिदां सम्म त्यो पार्टी कस्तो होला?अनि के क्रान्ति कारिपार्टी निर्माण गर्नु भनेको बन्दुक बोक्ने मात्रै पार्टी त होईन होला।देशको बस्तुगत अबस्था र अन्तरराष्टीय अबस्थाको पनि मुल्यांकन गरेर क्रान्तिगर्नेहोला?
अनुमान गरौं आमि धेरै पुराना संगठनमा कामगरिरहेका शक्षम कामरेड.हरूले अब निर्माण गर्ने पार्टी के नेकपा मसाल जस्तो होला,वा एमाले,एमाओलवादी वा अन्य कुनै अहिले सम्मको अब्बल कम्युनिष्ट पार्टी वा त्यो सबैभन्दा बेग्लै मठारेको तिखारेको क्रान्तिकिरी पार्टी?
जति सुकै राम्रो पार्टी भित्रपनि हुरी बतास चल्छ,कसिंङ्गर आउँछन र बढार्नुपर्छ।अनि थुप्रै ब्याक्तिका बिभिन्न खाले आ-आफ्आना बिचार आउलान।कतिपय क्रान्तिकै बिरुद्धमा पनि तेर्छिन सक्छन उनिहृरूलाई पनि पन्छाउँनै पर्ला।साथि क्रान्तिकारी पार्टीको नाम राखेर क्रान्ति समप्न हुँनेपनिछैन।
त्यस कारणले गर्दा मैले मेरो नीतान्त नीजि बिचारमा साथिहरूलाई भन्छु आफु बसेको घरमा कसिंङ्गर भित्रियो भनेर घरै छोड्ने कि घर सफा गर्न प्रयासगर्ने?अहिले सम्मका कम्युनिष्टहरूले भित्र गन्दगि भरियो भन्दै भाग्दै अनि अर्को घरबनाउँदै गर्छन तर ढिलो चांडो त्यो घरपनि ठिक त्यस्तै वा त्यो भन्दापनि गन्दा हुन्छ।मित्रहरू आफु जां गयपनि आफुभित्रको मयल र मल संगसँगै जान्छ।
अनि के गर्नु सबैभन्दा वेष्ट होला भनेर गम्भिर भएर अध्यायन गर्नु भयो भने पहिलो बिषय यहिहो भाग्नु वा नयाँ निर्माण गर्नु भन्दा आफु बसेको घरभित्र सफागर्नु पर्छ।तर त्यो कसरि सकिन्छ भने पहिले आफुलाई ठिक र बेठिक छुट्टाउन शक्षम बनाउँने र भित्र त्यो गन्दगि प्रवेश भयकोछ भनि सफागर्ने र घर बलियो बनाउँने।आफु बसेको घरलाई कम्जोर हुनबाट जोगाउँने बिचारधारा सबैभन्दा वेष्ट बिचार हुन्छ।
साथिहरू अहिले नयां पार्टी खोलेपछि एउटा कामभरी पक्कै पनि हुनसक्छ त्यो केभने कतिपयलाई नेता बन्ने अवसर मिल्ला र उनिहरूको निजि स्वार्थ पनि पुराहुन सक्ला तर क्रान्ति भने सम्पन्न हुन सक्दैन।अहिले कसैले पनि यो अबस्थामा क्रान्ति गर्छु भनेर बन्दुक बोक्नु मुर्खताहो।अहिलेको देशको अबस्थालाई मुल्यांकन गर्दा पार्टीहरूको एकताको खांचोछ।देशभक्तहरू जुनसुकै पार्टीका भएपनि देशको झण्डा छोपेर राष्ट्रीयताको रक्षामा जुट्नुपर्नेछ।
एकातिर साम्राज्यवादि शक्तिहरूले गिद्धेनजर लगाएको वेला,अंग्रेजी साम्राज्यवादले देशलाई रणक्षेत्र बनाउँने शडयन्त्र रचेर एमसीसी जस्तो बिषालु जाल देशमा फालेको वेला देशभक्तहरूको एकताको ठुलो खांचोछ।यो अबस्थामा पार्टीलाई टुक्रा पार्ने वा नयांपार्टी खोलेर आफ्नै पार्टीलाई कम्जोर बनाउँने बिचारलाई भने हामिले सहिभन्न सकिदैन।तर हामिसबै स्वतन्त्रछौं कसैले कसैलाई रोक्न सकिदिनै।मानिस सबै यो संसारको उच्चतम प्राणि मध्यको हो ठिक वेठिक सोंच्ने सम्झिने मुल्यांकन गर्ने सबैको अधिकारका कुराहुन।सबै मान्छेले आआफ्नो विवेक प्रयोग गरौं।कसैले आफ्नो बिचारलाई लाध्न पनि मिल्दैन मानिसलाई एउटा अनुसाशनमा बांध्ने बिधि बिधानका कुराहुन्छ तर कसैले अनुसाशन मान्दैन भनि अर्कोले के गर्न सक्छ?भिर बाट हामफाल्नेलाई रामराम भन्ने बाहेक कांध थाप्न जाने कसैको हिम्त पनि त हुँदैन।
नयाँ पार्टी खोल्नु ठुलो कुरा होईन ठुलो कुराहो आफु बसेको ठाउँलाई सफा गरेर अगाडि बढ्न सक्ने क्षामताको बिकाश गर्नु।आक्रोश प्रकट गर्नु भन्दा सहनसिल्ताले धेरै ज्ञान हासिल हुन सक्छ।ईतिहाश फर्केर हेर्नुस जस्ले हिंजो लामू समय सम्म जेल नेल खाएर पनि आफ्नो बाटो छाडेनन् आज हामिले थोरै मत भिन्नताहुँदैमा आफ्नो बाटो छाडेर नयाँ नयाँ पार्टी खोल्दै जान थाल्यौं भने त्यसले कुन पाठशिकाउला?निश्चित रूपमा त्यो गलत पाटोहो जसबाट कसैलाई फाईदाछैन।अंखण्ड रहेर अडिग रहेर देशको हितमा एकमना एकतागरेर जानुपर्ने समयको मागहो भन्ने मलाई लाग्छ।