• होमपेज
  • समाचार
  • डान्स बार र दोहोरी बन्द गर्ने सरकारको निर्णय

डान्स बार र दोहोरी बन्द गर्ने सरकारको निर्णय

  • शनिबार, माघ १, २०७८
डान्स बार र दोहोरी बन्द गर्ने सरकारको निर्णय

काठमाडौं — सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।
राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको छ। राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार