• होमपेज
  • कला /साहित्य
  • राष्ट्रीय एकता दिवश!

राष्ट्रीय एकता दिवश!

  • मङ्लबार, पुस २७, २०७८
राष्ट्रीय एकता दिवश!

सुरेशकुमार पान्डे — राष्ट्रीय एकता दिवस र पृथ्वीनारायण साहाको जनम जैन्तिको बारे भन्नुपर्दा।
हामिले अलिकति राष्ट्रभक्त बनेर हेर्नेहो भने पृथ्वीनारायण शाहको जनम दिनलाई राष्ट्रीय दिवसको रूपमा धुमधाम रूपमा देशभरीनै मनाउँनुपर्छ जस्तो मलाई लाग्छ।मैले पञ्चायति कालमा पनि र त्यसपछि बहुदलिए ब्यबस्था आएको बेला र कयौं पल्ट राष्ट्रिय पिता पृथ्वीनारायण शाहको जनम जैन्तिको बारेमा लेख्दै आएको पनिछुँ।कयौं आन्दोलनको बेलामा वा माओवादीहरूको त्यो कथित जनयुद्ध को वेलामा पृथ्वीनारायणका शालिक तोड्ने अभद्रकारीहरूको बिरोधमा लेख्दा ति लेखहरू पत्रिकालेपनि छापेन र त्यो फाईल गरेर राखेको थिएं।कथित क्रान्तिकारीहरूले जुनप्रकारले सबैराजाहरूलाई एउटै घानमा हाल्ने चलन त्यो बेला थियो तर अहिले भने अबस्था केहि फरकछ।
हाम्रो देशमा राणा र राजाहरूले गरेको अन्याय अत्याचारले गर्दा जनताहरूमा राजाहरू प्रति आक्रोश हुनु त्यो बेला अस्वभाबिक त भन्न मिल्दैन तर पनि सबै राजा राणाहरू झैं नकारत्मक रूपमा पृथ्वीनारायण शाहलाई सम्झिनु वा मुल्यांकन गर्नु निश्चित रूपमा गलत थियो।एउटा देशभक्तको हिसाबले राष्ट्रीय एकिकरण गर्ने महान यौद्धाको अबमुल्यान गर्नु गलतनै हो भन्ने मलाई लागेको ले बारमबार राष्ट्रीय एकता अभियानका नायक पृथ्वीनारायण शाहको जनम जैन्तिको अध्यायन गर्नुपर्छ र उन्को योगदानको पनि सम्मान गर्नुपर्छ भन्दै लेख्दै आएको लामू ईतिहाशनैछ।
अहिले पनि मैले पृथ्वीनारायण शाहको शंक्षिप्तमा जनम जैन्तिबारे भन्दा अशान्द्रभिक नहोला।
उनि नरभूपाल शाह कि माईली रानी कौशल्यवतीको कोख बाट आजैको दिन२७पुष१७७९मा जन्मिएका हुन।
उतिबेलाका राजा महाराजाहरूको कयौं रानीहने गर्थे उन्को बुबाको पनि तिनौटी रानी थिए।
भनिन्छ उनि गर्भमा कुल सातमैना मात्र रहे त्यसैले गर्भको हिसाबले साईलि रानी बुद्धि मतिको कोख बाट जन्मिएका बृन्दा केसर शाह जेठा भएकोले गर्भको जेठो हुनेकी जन्मेको जेठो हुने त्यो बिवाद पनि त्यो वेला चर्केको भनिन्छ।तर बृन्दा केसरको छिट्टै मृत्यु भएकोले यो बिवाद बढ्न पाएन।
उन्को पारम्भिक शिक्षा दिक्षा जेठि आमा चन्द्र प्रभावतीको निर्देशनमा महेश्वर पंत र भानु आचार्य बाट भएको हो।यिनको विस.१७९४मा मकावनपुरे राजा हेमकर्ण सेन की छोरी ईन्द्रकुमारी सँग पहिलो बिवहा भएता पनि मकावनपुरेहरू संग उनको राम्रो सम्बन्ध हुन सकिन।त्यसपछि१७९७मा बनारसका वैश्य राजपुत अभिमान सिहँ कि छोरी नरेन्द्रलक्ष्मि संग दोस्रो बिवहा भयो।उन्ले युवा अबस्थामै भकँतपुरको भ्रमण गरी भक्तपुराका राजा रण्जित मल्ल का छोरा वीर नरसिहँ संग मित पनि लगाएका थिए।आफ्नो वीरता कुटनीति र बुद्धिमता बाट तत्कालिन समयमा छरिएर रहेका बाईसे चौबिसे राज्यहरूलाई एकिकरण गर्ने पृथ्वीनारायण शाहमा आफ्ना तिनौटी आमा बाट जन्मिएका चार भाईहरूलाई पनि (दुई भाईको सानैमा मृत्यु भएको थियो)मिलाई आफ्नै अभियानमा सरिक गराउन सक्ने क्षामता थियो।आफ्नो जीवनको परायजसो सम्पुर्ण समय नेपालको एकिकरणमा लगाए।उनिमा अन्य शुधार गर्न सक्ने भरपुर क्षामता समेत थियो।तर पनि उन्को अल्प आयुमै १८३१माघको १गतेनै मृत्यु हुन पुग्यो।
उन्ले पहिले नुवाकोटलाई१८०१कालु पाण्डे,मोहद्दामकीर्ति शाह,दलमर्दन शाहलाई लिएर एकिकरण गरे।पछि वेलकोट,नाल्दुम र महादेव पोखरी परशुराम थापालाई लिएर गरेका थिए।उन्ले एकिकरणमा अथक र अभियानकै रूपमा लागेको ईतिहाशछ।शिन्धुपालचौक,काभ्रे,दौलखा,लामिडांडा,सांखु चाँखु,लगायतका धेरै राज्यहरूलाई लगातार त्यहि क्रममा एकिकरण गरेकाछन।
पहिले राजतन्त्रको बिरुद्धमा लडेका कयौंले उन्को योगदानको बारेमा बखान गरेन जनतामा उन्को बिरुद्धमा बोल्ने मात्र गरे तर अहिले कतिपय तिनै ब्याक्ति नेताहरूले फेरी सबै राजालाई एउटै घानमा हाल्दै अहिलेका नेताभन्दा वा मत्री राष्ट्रपती भन्दा राजाहरू दशगुना देशभक्त बताउँछन।त्यस्ता नेताहरूले हिंजो राजाहरू सबै खराब भन्थे हामिले पृथ्वीनारायणको लेखहरू लेख्दा हामिलाई राजावादी समेत भन्न पछि परेनन तर अहिले उनिहरू अर्को गलतिगर्दै ज्ञानेननद्र र पृथ्वीनारायणलाई एउटै दृष्टीले हेर्छन।
देशलाई एकिकरण गर्ने महान राष्ट्रीय पिताको जनम जैन्ति मात्रैहोईन उन्ले देखाएको एकिकरणको मार्गमा हिंड्नु अहिलेको राष्ट्रीय आबस्याकताहो।अहिले देशभित्र राजनीतिको यो गलत अदूरदर्शियताले जन्मिएको अराजक नीतिको बिरूद्धमा देशका जनताहरूले राष्ट्रीय नायकले देखाएको बाटोमा हिंड्नुपर्छ र पृथ्वीनारायण शाहको जनम जैन्ति राष्ट्रीय दिवसको रूपमा मनाउँनु पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार