• होमपेज
  • कला /साहित्य
  • स्कुल नगएको मास्टर! लघुकथा।

स्कुल नगएको मास्टर! लघुकथा।

  • सोमवार, पुस २६, २०७८
स्कुल नगएको मास्टर! लघुकथा।

सुरेशकुमार पान्डे — एउटा भनाईछ “कि त पढेकाले बुझेका हुन्छन कि परेकोले”झोलामा एकता संदेश बोकेर एउटा झुत्रे अबस्थामा हिंडेको लाहुरेको मन भित्र कयौं ज्वाहार भाटाहरूले दिएका घाउ थिए।तर उस्को उदेश्य एकमात्र थियो!भन्ने कुरा उस्को बिचारहरूले प्रष्ट पारेका थिए!त्यो के भने “संगठनको बिकाश”उस्का खुट्टामा परेका फोराहरूले लागथ्यो धेरै हिंडाई परेको हुनसक्छ कयौं फोराहरू फुटेका थिए तर पनि उस्को मुहारमा कुनै दुःखको संकेत थिएन उज्यालो मुहार मिठो मुस्कान सहित
आएर त्यो मरो नजीकै मलाई दुबै हात जोडेर नमस्ते टकाय्रो!उस्को यो हार्दिक्ताले मलाई पनि नमस्ते फर्काउन बाध्य पार्यो।भनिन्छ आफ्नो सम्मान गराउँन छ भने पहिले सामुन्नेवाला ब्याक्तिको सम्मान गर्न सिक्नु पर्छ भन्ने कुरा मलाई भन्दा उस्लाई पढि ज्ञान थियो।उस्को त्यो ब्यबहारलेनै मलाई उस्का बिचार सुन्न उत्तसुक्ता बनायो।
हजूर मेरो नाम आजाद हो हजूर बसेको भन्दा अलि टाडाको फलानो सहरको एउटा भजारमा मैले चौकिदारी गर्छु!उस्ले आफ्नो परिचय दिंदै भन्यो।केहि दिन बाट न नुहाएको जस्तो लाग्यो लुगाहरू पनि महिंला थिए देख्दा त्यो ब्याक्ति कोईला खानिको मजदुर जस्तै देखिनथ्यो।
उस्को यो अबस्था देखेपछि मैले आफ्नो क्वाटरमा लिएर गंए!गर्मिको दिन थियो ज्युमाको पसिना पनि उस्तै गनाउँथ्यो।बाथ्रूम नुहाउने ठाउँ देखाएं उनि सँग एक जोर लुगा झोलामा रैछन।एकैछिनमा नुहाएर आफ्ना लुगा पनि धोए।अहिले उन्लाई अलि हलुङ्गो महेशुर्ष भएको जस्तै लाग्थ्यो।उनि संगठनका नेता रहेछन आफु यँहा आएको बारे मलाई बताए तेसै त संगठनको बारेमा मलाई पनि थोरै जानकारी थियो र कुनै नेतालाई म बसेको ठाउँमा पनि संगठन छैन आएर गठन गरिदिनु पय्रो भनेर दुई तिन मैना पहिले भनेको थिएं तर उन्ले बिर्शिएछन पछि अर्को भटेघाटमा म आउँन नसके कुनै साथिलाई पठाई दिउँला भनेका थिए।अहिले आएका आजाद नाम गरेका साथि संग भने मेरो पहिलो भेट हो तर पनि भर्खरैको भेट पछि ईनको स्वभाबले मलाई प्रभाव पारिसकेको थियो।
सो मैले नजिकमा भएका साथिहरू लाई बोलाउँन गंए!केहि साथि आउन मानेन रातिको डिप्टी गरेको हजूर भन्दै बहान बनाए तर मुस्किलले पांच छे जना साथिहरूलाई बोलाएर ल्याएं।त्यहि पनि एकैछिन बस्न के पैसा लाग्छर?भनेर छिमेकीलाई सम्झाएपछि नाई भन्न नसकेर आए।
त्यँहा एउटा दरि भुंईमा बिच्छाएर आएका साथिहरू लाई बसालें।
पहिले उन्ले सबै लाथिहरू लाई आफ्नो नाम लगायतको परिचय दिए अनि कुरा गर्न सुरू गरे!आदर्णिय साथिहरू मैले बजारको चौकिदारी गर्छु मैले जुनठाउँमा चौकिदारी गर्छु एक दिन त्यो ठाउँमा चोरी भयो र म झण्डै फसें त्यंहा हामि धेरैजना संगठित नेपालीहरू नभयको भए मलाई फसैउँनेरैछन स्वायम आफै मालिकले चोरेर मलाई फसाउँन प्रयात्न गरे,मालिकहरू तिन जना पाटनर थिए उनिहरूको आपसमा झग्डा रैछ एउटाले राति आएर समान लिएर गएछ मेरो बजारको डिप्टी बजार भरी घुम्दा कतिबेला आएर चाबिले दोकान खोल्यो समान लग्यो थाहा पाएन।किन भने समान दोकानमा यो सहरमा राति मानै भाईर बाट ओसार्ने गर्थे मैले भाईर बाट समान ल्यायर राखेको होला भनठानेर कसैलाई पनि सोधिन तर त्यंहा कुरा अर्कै रैछन!भन्दै आफुलाई परेको कथा सुनाए।
साथिहरू पनि चौकिदार भएकाले उन्का कुरा कान लगाएर सुनेका थिए।आफुले भोगेका कहि घटनाहरू पछि उनि संगठनको बारेमा भन्न थाले!साथि हामि आर्काको देशमा छौं त्यसकारणले पनि बिरानो देशमा एउटै देशका साथिहरूको एकता हुनैपर्छ हाम्रो यो ठाउँमा दुःख सुख बांट्ने भनेको हामि एउटै देशका श्रमजीवीहरूनै हौं।एकता समाज ७नोभेम्वर सन१९७९मा सात जनाले गठन गरेका थिए।श्री गोबिन्द सिहँ थापाको अध्यक्षतामा श्री रामचन्द्र शर्मा,श्री पदम राना,श्री दण्डपाणि न्यौपाने,श्री राजू नेपाली,श्री रत्नबहादुर,श्री दुर्गा शर्माहरू द्वारा गठन भयो र आज हामि यहि संगठनको ब्यापक बिकासका लागि हिंडेकाछौं!उन्ले बिस्तार पूर्वक भन्दै गए।
देख्दा यो ब्याक्तिले के जानेको होला जस्ता देखिएपनि उन्ले यो समाजिक र प्रकाकृतिक परिघटनाहरूको धेरै राम्रो गरि ब्याख्य गर्दै थिए।जब उन्ले द्वौन्द्धत्मक भौतिकवादको बारेमा भन्नथाले यति बेर सम्म त्यति ध्यायन न दिएर अलि पर बसेका एकजना डाक्टर साहिब पनि अहिले अलि नजिक आएर बसेका थिए!साहिद पहिले उन्लाई मलाई झैं यसले पनि केबुझेको होला भन्ने लागेको हुँदोहो तर अहिले उनि स्वायमपनि आजादका कुराहरू बाट प्रभाबिद भए जस्तो लाग्यो।सर हजूर पहिले देश भित्र मास्टरी गर्नु भएको जस्तो लाग्यो कुरा बोलि बाट !डा.ले सोधे!होईन म देशभित्र काम नपाएर परदेशमा परिश्रम गर्छु हामि धेरैजसो लाहुरे मजदुरनै हौं भनेर उत्तर दिए।
उन्ले वैज्ञानिक समाजवाद र आदिम समाजका कुराहरू गर्दा त त्यँहा अन्य नेपालीहरू जो उतिबेला बोलाउँदा आउन मानेका थिएनन तिनिहरूपनि त्यँहा आएर बसे।कलास धेरै राम्रो भयो अहिले सांझ पर्न लागेको थियो त्यो बेला त्यो म बसेको सहरमा एघार जनाको राम्रो समिति बनाउँन सफल भए।उन्का कुराहरूले उनि सामाजिक काममा धेरै शक्षम भएको देखायो।
अनि आजाद जि हजूर सांचैभन्दा कति सम्म अध्यायन गर्नु भएकोहो भनेर पुन एक पटक एक्लै भएको बेला सोधें!हजूर म डा. साहिबले भनेको जस्तै मास्टर नै हुँ तर स्कुल नगएको मास्टर!भन्दै उनि बिदा भए।

चर्चामा

सम्बन्धित समाचार