• होमपेज
  • समाचार
  • साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’ को निधन

साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’ को निधन

  • सोमवार, पुस २६, २०७८
साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’ को निधन

धनगढी — साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’ को निधन भएको छ। सुदूरपश्चिमका साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’ को ७८ वर्षको उमेर निधन भएका हो। केही वर्षयता बिरामी रहेका भट्टको आइतबार राती भीमदत्त नगरपालिका–१८ कटान आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लोकसाहित्य र लोकसंस्कृतिका अध्येता भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा वि.सं. २००० असार १५ गते भएको थियो। उनका डेढ दर्शन बढी पुस्तक प्रकाशित भएका छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना समितिका अध्यक्ष समेत रहेका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष पनि हुन।

चर्चामा

सम्बन्धित समाचार