सुरेशकुमार पान्डे — हामिले सानो छंदा छिचिम्रा भन्थ्यौं त्यो यथार्थमा धमिरा हुनेरैछन धमिराको काल आयो भने उनिहरूले प्वाँख लगाएर उड्दा रैछन।त्यो सांझमा उडेका ति छिचिम्रा हरू बिहान पख प्वाँख एका तिर आफु एकातिर पल्टिएका मरेका बाहिर आगनमा भेट्टिन्थे।
धमिरो काठको लागि एक प्रकारको दुश्मननै हुन्छ बलिया बलिया गाभमा पनि धमिरा लाग्यो भने त्यसको आयु सिद्धियो भने पनि भयो।त्यसतै प्रकारले गहुँ मकै लगायत अन्नमा लाग्ने घुन पनि यस्तो जिचहो जस्ले अनाजलाई भित्रभित्रै खाएर खोक्ला गराएको हुन्छ।त्यहि प्रकारले चिलिसा पनि साना ठुला अन्नमा लाग्छन।
राजनीतिक बिचारले मुल्याङ्कन गर्ने हो भने धमिराले काठलाई खाई सक्यो भने छिचिम्रारा जस्तै भयर उड्न थाल्छ अनि त्यो पनि लोप हुन्छ।कम्युनिष्टमा रहेका उग्रवामपन्थि बिचार बोक्नेहरूले बिस्तारै आफु बसेको ठाउँलाई नाङ्गेझार पारेपछि पतन हुनको लागि त्यो छिचिम्रा जस्तै उड्न थाल्छन।ठुलाठुला क्रान्तिकारी नारा लगाउँन थाल्छन एकछिनको लागि माथि माथि उड्छन अनि केहि समयपछि उनिहरूका पखेटा चुंडिएका छिचिम्रा जस्तै भाराङ्ग भुरुङ्ग पल्टिन्छन।आर्को घुन भने बिस्तारै अन्नलाई नास गर्छ अनि आफु त्यहि अनाजभित्र मर्छ।
माओले गुट बन्दिलाई अनाजमा लागेको घुन जस्तै हो भनेकाछन।उनिहरूको यो अबस्था एक्कासि आएको त होईन बिस्तारै उनिहरू गुट बनाए अनि त्यो गुटगत स्वार्थ पुरा हुन छाडेपछि उनिहरू टाप कसे।अन्तिम अबस्थामा उनि छिचिम्रा जस्तै भए।
राजनीतिक रूपमा सवाल के हुनेरैछ भने उनिहरू एक जना अवसरबादले धेरै जना ईमानदार साथिहरूलाई भ्रमित पार्न सक्ने रैछ।उस्को पहिलो योजना पार्टी भित्र आफ्नो बिचारलाई लाध्न त्यँहा गुट बनाउँने अनि त्यो पुरा हुन सकेन भने त्यो गुटलाई लिएर भाग्ने।यो अबस्था पार्टीमा निरन्तर देखापर्छ।
खास गरेर एउटा क्रान्तिकारी पार्टीमा त यस्तो क्षाण लगातार आउँने गर्छ।क्रान्तिकारी मञ्चमा प्रतिक्रान्तिकारी खोल ओडेका अवसरबादहरू अटाउँने कुरापनि हुँदैन।हाम्रा बिचारहरूले ठाउँ पाएनन् हाम्रा बिचार राम्रा थिए त सबैले भन्छन।राम्रो बिचार भए त ढिलो चांडो ठाउँ पाउँथे होला।
मानिदेउँ हाम्रो राम्रो बिचारछ तर पार्टीले अर्को बिचार लाई पारित गय्रो।हामि पार्टीका जीम्मेवार ब्याक्ति भएपछि आफ्नो बिचारलाई थाति राखेर पार्टिले लिएको निर्णयलाई कार्यन्वयन गर्नुपर्छ।त्यो ठिक नभयपछि त जनताले पनि अस्विकार गर्छ फिल्टर गर्छ र वास्तबिक रूपमा उस्ले लिएको योजना ठिक भएको पार्टीले महेशुर्ष गर्न सक्छ।कहिले कांहि बहुमतले पनि गलत बिचार पारित गर्न सक्छ त्यो रूसको ईतिहाशलाई अध्यायन गरेपछि थाहा हुन्छ।तर त्यो बिचार कति दिन टिक्यो त रूसमा लेनिन अल्पमतमा रहेर पनि वोलशेबिकको नेतृत्व गरेका थिए।
एउटा संगठनमा एक सए जनाको एउटा कमेटी होला यदि एक सए ब्याक्तिका ब्येग्ला बेग्लै बिचार आएभने के पार्टीलाई सए टुक्रामा बिभाजन गर्ने।कमिटी केको लागि हुन्छ?कमिटीमा अंझ बिजोडा बनाईन्छ त्यो किन भने बहुमतको बिचारलाई कार्यरूप दिन सजिलो हुन्छ भनेर।निर्णय गर्दा सजिलो हुन्छ भनेर।यदि पार्टीमा गुट बनाउँने हो भने त प्रत्येक पल्ट अल्पमतमा पर्ने हरूले छुट्टै पाल्टी खोल्ने योजना बनाउँनु पय्रो।
साथिहरूले आफु बसेको ठाउँलाई गुट बन्दि गरेर फोहोर नपारे पछि मात्र सफा र ब्यबहारिक हुन सक्छ।
अहिले देशभित्रका राजनीतिक पार्टीहरू खास गरेर कम्युनिष्ट भनौदाहरूको अबस्था अत्यान्तै दयानिय टिठलाग्दोछ।
हुन त देख्दा कम्युनिष्टको देशमा बहुमतनै छ।तर कम्युनिष्टको बिउ जोगाउन हाम्मे हाम्मे भयकोछ।आखिर यस्तो अबस्था किन आयो।ति कम्युनिष्टहरू वास्तबिक रूपमा एउटा बुजुर्वा पार्टी जस्तै हुँदै गएकाछन।फरक केछ भने पार्टीको नाम र लोगो को फरक छ बांकि सबै एकनास देखिन्छ।वास्तबिक रूपमा देश भित्र असलि कम्युनिष्ट पार्टीको बिउ समेत जोगाउन गारो भयकोछ।तर देशका जनताले अहिले पनि कम्युनिष्ट पार्टीलाई चाहान्छन।देशको लागि पनि कम्युनिष्टको अत्यान्तै आबस्याकताछ।
हाम्रो देश आधा समान्ति र आधा उपनेवेशिक देश हो यँहाका जनता कृषिमा निर्भरछन।तर कृषि योग्य ९५%जमिन पांच प्रतिसत सँगछ र ९५%जनता सँग पाँच प्रतिसत जमिन त्यो अत्यान्तै अमेलछ।कति पय किसान भुमिहिनछन,त्यसैले देशमा कृषि क्रान्तिको अनिवार्यछ।नया जनवादि क्रान्ति देशको लागि आधारभुत सर्तहो।तर संसोधनवादी अवसरवादीहरूले बहुदलिय ब्यबस्थालाईनै नौलो जनवादी ब्यबस्था आयो र अब देशमा समाजवादी रूपानतरण का कुराहरू गर्छन भने।छिचिम्राहरूले नौलो जनवादी क्रान्ति भन्दा तलका कुरालाई सुधारवादी भनेर अस्विकार गर्छन।यि दुबै देश र जनताका लागि घातक हुन।देशमा आमूल परिवर्तन हुनुपर्छ तर समय अनुसार केहि प्रतिसतलाई प्राप्त गर्न सकिन्छ भने त्यसमा टेकेर अरूको लागि शंघर्ष गर्नुपर्छ।हामि २१सौं सताब्दिका मानव हौं।त्यसैले देशको अबस्था अनुसार पाईला चालेर कृषि क्रान्तिको लागि आधार तैयार पार्ने योजना बनाउनुपर्छ।मात्र छिचिम्रा भयर वा घुन भयर देशमा क्रान्ति हुन सक्दैन भन्नेकुरा बुज्न जरूरीछ।