• होमपेज
  • कला /साहित्य
  • अन्तरराष्ट्रीय दार्शनिकहरूको महत्व!

अन्तरराष्ट्रीय दार्शनिकहरूको महत्व!

  • आइतवार, पुस ११, २०७८
अन्तरराष्ट्रीय दार्शनिकहरूको महत्व!

सुरेशकुमार पान्डे– सन्द्रभ१२८औँ माओ जैन्ति!
अहिलेको भिषण पुँजिवादी र प्रतिकृयावादी हरूले कम्युनिष्ट आन्दोलनलाई धरासाही पारेको बेला विस्वमा कम्युनिष्ट दार्शनिकहरूको जीवनीको अध्यायनले ठुलो अर्थ राख्छ।त्यसमा पनि मालेमा बिचारधाराको अध्यायनले कम्युनिष्ट आन्दोलनलाई टेवा पुग्नेछ।मैले माथि भनेको जस्तो पुंजिवाद वा प्रतिकृयावादले कम्युनिष्ट आन्दोलनलाई धराशाहि पारेको भनेता पनि यसमा प्रमुख हात कम्युनिष्ट आन्दोलन भित्र लुकेर बसेका अवसरबादहरूको हात बढिछ।
केहि हामिमा अध्यायनको कमि केहि अहिलेको बस्तुगत अबस्थाले विस्वामा कम्युनिष्ट आन्दोलनका दुश्मनहरूलाई फाईदा मिलेको बिषयलाई नकार्न कसैले पनि नसक्ला।अहिलेको अबस्थामा सच्चा कम्युनिष्ट बन्न त्यति सजिलो पनिछैन त्यसको लागि आजिवन आत्म त्याग र भौतिक बलिदानको लागि तैयार हुनुपर्छ।त्यो अहिलेको अबस्थामा हरकसैलाई पनि त्यति सजिलो बिषय होईन।जसलाई स्वायम हाम्रो देशको सात दशक लामु कम्युनिष्ट आन्दोलनले पनि पुष्टि गरिसकेकोछ।आज रक्षात्मक अबस्थामा रहेको विस्व कम्युनिष्ट आन्दोलनलाई बिउको रूपमा बचाउँनु पर्ने जिम्मा सच्चा कम्युनिष्टलाई ईतिहाशले जिम्मा दिएकोछ।यो अबस्थामा विस्व श्रमजीवीका नेता नयाँ जनवादी क्रान्तिका जनम दाताको रूपमा चिन्निनु भएका कामरेड माओ त्सेतुङ्गको छोटो परिचयले पनि थोरै प्रेणा मिल्न सक्छ।
आज हाम्रो देश र विस्वमा पनि कम्युनिष्ट पार्टी बिभिन्न हांगा बांगा मा टुक्रिएर संसोधन वादी बाटो छोप्दै पतनको संघारमा पुगेर लोप हुँदै गयको अबस्थामा पनि कयौं देशहरूमा नयां सिराबाट कम्युनिष्ट बिचारधाराको रक्षा गर्दै मालेमा बिचारधारा अप्नाउँदै आएकोले पनि कम्युनिष्ट आन्दोलनको भबिश्य उज्वल भएको पुष्टी गर्दछ।स्वायम दार्शनिक हरूले आफैपनि कम्युनिष्टका दुश्मन अवसरबादी र संशोधनवादी आकारमणको बिरूद्धमा निर्मम शंघर्ष गरेको थुप्रै उधारणहरूछन।कामरेड माओले आफै पनि आफ्नै ब्यबस्था भित्र लुकेर बसेका बिभिन्न खाले मौका परस्त प्रतिक्रान्तिकारीहरूको बिरूद्धमा सांस्कृतिक क्रान्ति सुरू गरेकाथिए।
चीनमा कामरेड माओले छोंटो समयमै नौलो जनवादी क्रान्तिलाई सम्पन्न पारेर चीनको जनतालाई एउटा नयाँ ब्यबस्था प्रदान गरे।उन्ले चीनलाई मात्रै होईन विस्वभरीका क्रान्तिकारी जनताहरूलाई मालेमाको नयाँ बिचारको प्रतिवादन गरेर देखाएका थिए।
हुनान प्रान्तको स्याङ्गथान सियान भन्ने ठाउँको शाओशान गाउँमा २६दिसम्वर सन१८९३मा जन्मिएका माओका पिता माओ सुनशाङ र आमा वेन छि -मेई थियो।उनि गरिब किसान थिए उनलाई चर्को रिनले थिचेपछि सानै उमेरमा उनि सेनामा भर्ति भयकाथिए।उनि धेरै बर्ष सम्म सेनामा सिपाईको जागिर खाए।पछि उनि गाउँमा फर्किएर साना तिना ब्यपार गर्नथाले।र पैसा जोगाउँदै गए पछि बल्ल तल्ल आफ्नो जग्गालाई फिर्तालिए।त्यो बेला उनिमध्यम बर्गका किसान बन्न पुगे त्यो बेला उनि पन्द्र मू जग्गाको मालिक बने।उन्ले आफ्नो खेतमा मिहेनत गरेर त्यो बाट उत्तपादन भएको अनाज बेचेर उनि धनमान बन्दै गए।उन्ले पछि जमिन न किनेपनि अरूका जमिनहरू बन्दगि राख्ने जस्ता सामन्ति कृयाकलापहरू गर्दै गए।उन्ले अन्न ओसारपसार गर्नेपनि गरे यसरी उनि एउटा धनि किसानको रूपमा देखिनथाले।कामरेड माओले सानै देखि शिक्षाको अवसर प्राप्त गरे तर त्यो बेलाको बुजुर्वा कनफुसियश पढाई मा उन्को चासो थिएन।उन्को पिताले छोरा ठुलो हाकिम हौश भन्ने चाहान्थे भने आमाले बुद्धको अनुवाई हौश भन्ने चाहान्थिन।तर त्यसबेको बस्तुगत अबस्थाले माओलाई उनिहरू दुबैको चाहाना बिपरित त्यो ब्यबस्थाको बिद्रोही बनाई दियो।स्वायम आफ्नै घर बाट माओले बिद्रोह सुरू गरे,आफ्नो पिताको सामन्तवादी बिचारको बिरूपद्धमा उन्ले किसान र मजदुरको पक्षमा संघर्ष गरे।
चीनमा त्यो बेला डा.सनयात सेनको नेतृत्वमा राष्ट्रिय संघर्ष उठि रहेको थियो।सन १९११को क्रान्ति र १९१९मई ४को आन्दोलन जस्ता घटनाहरूले चीनिया युवाहरूमा अपार देशभक्ति र प्रजातान्त्रीक भावनालाई जन्माएको थियो।युवा विध्यार्थि कामरेड माओ पनि त्यो प्रभावमा परे।
उन्ले पढाई आफ्नो चाहाना अनुसारको हौश भन्ने उदेश्यले उनि गाउँ छाडेर सहर तिर लागे।बिभिन्न गुप्त एव.क्रान्तिकारी संगठनहरूको संगर्षको नजिक रंहदै अगाडि भढे।
उन्ले सनयात सेनको बिचारलाई अध्यायन गरेपछि माओलाई लाग्यो चीन नयाँ बाटोमा डोराउँन सनयात सेनका बिचार अप्राप्तछन।उन्ले अन्य साथिहरूलाई जुटाएर सन१९२१मा कम्युनिष्ट पार्टीको स्थापना गरे।उन्लाई हुनान प्रान्तमै पार्टीले खटायो।कामरेड माओले किसानहरूलाई मजदुरको सहयोगि नबनाएर चीनीया समाजलाई परिवर्तनको बाटोमा डोराउन नसक्ने कुरा बताए।उन्ले चीनीया समाजमा आफ्नै प्रकारको बिशेषता भयको महेशुर्ष गर्दै मजदुर क्रान्ति द्धारा साम्राज्यवादलाई परास्त गर्न सकिन्छ भन्नु भन्दा अधिकांश किसान शोषित पिडित मजदुर लाई जगाएर उनिहरूमा बर्ग चेतना दिएर मजदुर किसान एकताको आधारमा दृर्घाकालिन शसस्त्र कृषि क्रान्ति सम्पन्न गर्नुपर्दछ भनेर।चुनयी सम्मेलनले माओका बिचार र बर्ग दिशालाई स्विकार गर्यो। सन १९४०मा कामरेड माओले नया जनवादको बारेमा रूपरेखा तैयार पारे।
वास्तबिक रूपमा कामरेड माओले चीनको त्यो बेलाको अबस्थालाई गहन अध्यायन गरेर त्यँहा एकै चोटी रूसको जस्तो समाजवादी क्रान्ति हुन नसक्ने बताए।नौलो जनवादी क्रान्तिको रूप रेखा कोर्दै आफुले गर्न खोजेको नौलो जनवादी ब्यबस्थ मूलतःपुँजिवादी ब्यबस्था भएपनि यो ब्यबस्थामा ठिक पुरोनो जनवादको उल्टा हुने कुरा बताए।जसले गर्दा गरिब मेहनत कस बर्गको वास्तबिक हितलाई खयाल गरेर सर्वहाराको नेतृत्व र मेहनत कस बर्गको अधिनायकत्व हुने बताएकाछन।त्यो मात्रै होईन कामरेड माओले सन१९४९मा चीनलाई त्यो ब्यबस्था हस्तानतर गर्न सफल भएकाथिए।
कामरेड माओको भनाई र चीनमा उन्ले अपनाएको उधारणहरू प्रष्ट हुँदाहुदै उनको नयाँजनवादलाई बंगायर बहुदलिए जनवादलाईनै नौलोजनवाद भन्दै हिंड्ने संशोबादीहरूको कमिछैन। कामरेड माओलाई बद्नाम गर्न उनिजिवित छँदा पनि प्रयात्न गरियको थियो।
कामरेड माओले सन.१९६६देखि घरेलु तथा अन्तरराष्ट्रीय कारण उन्ले “ऐतिहाशिक सांस्कृतिक क्रान्ति”सुरू गरेका थिए।तर त्यो पनि लिन प्याओ र च्याङ छिङका दुईवटा गुट द्वारा सञ्चालन भएकाले कामरेड माओले चाहेको जस्तो हुन सकिन।आखिरमा कामरेड माओको ९सेप्टेमर सन१९७६मा निधन भयो।उनि मरेपछि तुरून्तै चीनमा प्रतिक्रान्ति भएको थियो।
एउटा महान क्रान्तिकारीलाई भद्नाम गर्न आज पनि लगातार कोसिश गरिंदैछ।प्रतिकृयावादीहरूले त सिधै आकारमण गर्छन तर आफुलाई कम्युनिष्ट क्रान्तिकारी भन्नेहरूले समेत माओको छत र छाँयामा बसेर स्वायम माओका जरा काट्न कुनै कसर छाडेकाछैनन।
जहिले पनि कम्युनिष्ट आन्दोलनलाई प्रतिकृयावादीले भन्दा पनि स्वायम कम्युनिष्ट भित्र लुकेर बसेको अवसरवादीहरूले बढि नोक्सान पुराएको कुरा कसैबाट लुकेकोछैन।पुँजीवादी ब्यबस्थामा सुख सुबिधा बिना पैसा प्राप्त हुँदैन त्यो मात्रैहोईन मानवलाई आधारभुत आबस्याकताको बस्तु पैसाको बलमा मात्र प्राप्त हूनेभएकोले पुँजिवादलाई कम्युनिष्ट आन्दोलनमा दरार पार्न यहि हथियार सबैभन्दा उपयुक्त देखिन्छ।त्यसैले कम्युनिष्टलाई कुनैन कुनै सहयोगको बहानामा धरासाहि पार्न बिशेष गरेर एन जिओ र आई एनजिओले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाछन।हाम्रो देशमा पनि कम्युनिष्ट आन्दोलनलाई बेला बखतमा पुँजिवादले यहि ब्यबहार अप्नाएर कम्युनिष्टलाई टुक्रा टुक्रा पार्दै आएकोछ।अहिले मालेमा प्रति भिषण हमला भएको बेला माओ त्सेतुङ्ग लगायत तमाम क्रान्तिकारी दार्शनिकहरूको जीवनी वा उन्लि दिएको योगदानले ठुलो महत्व राख्दछ।

चर्चामा

सम्बन्धित समाचार