मजबुर-लघुकथा!

  • शुक्रबार, पुस ९, २०७८
मजबुर-लघुकथा!

सुरेशकुमार पान्डे — चिसो धेरै बढ्दै गयको थियो लिस्नाको मुनि एउटा फाटेको कम्वल र दरि बिच्छाएर सुतेको फुर्शेलाई निद्रा कसरी लागथ्यो?त्यो रात जागै आंखामा बितायो।घर छाडेको केहि दिन भएको थियो पेटभरी खाना पनि पाएको थिएन।यहा कसैले काम लगाएको बिचरा बाल मजदुरको कसले पो खयाल राख्थ्यो।न आमा न बाबा आमाको काखमा खेल्ने बेलामा गरिवीले गर्दा फुर्शे लाहुर तिर हिंडेको हो।त्यो बेला लाहुर बाट फर्किने हरूले राम्रा लुगा लगाएका राम्रो ज्यु डाल भयको देख्दा लाग्थ्यो लाहुर भन्ने ठाउँ राम्रै हुँदोहोला।
अहिले लाहुर भनेको कस्तो हुँदोरैछ भन्ने बल्ल पत्ता लग्दै थियो,गुन्द्रुकको झोल सँग आटो भयपनि पेट भरी खाने फुर्शेको बानि थियो।एका तिर रित्तो पेट आर्को चिसाले अनिदो फुर्शेलाई मालकिनले बिहानै उठाई र कुचो लगाउँन लगाई।
तल्लो पोशन अरू कसैको थियो माथिल्लो तलामा फुर्शेको मालिक बस्थे।फुर्शेलाई माथिल्लो पोषन र लिस्नो सबै तलसम्म कुचो लगाएपछि पोचा पनि लगाउँनु पर्थ्यो साथै एउटा गिलो कपडा र आर्को सुख्खा कपडा लिएर रिलिंग खिड्कि र घरका अरू समान झाड पुच्छ गर्न लगाउँथे।
बिहानै देखुन झाडु पोचा लगाएर थाकेको फुर्शेको भोकले पेट पिरो भयो तर कसैलाई पनि उसको वास्था थिएन।सबैले वटर ब्रिड सेकेर दुध लिएर टेवुलमा बसेका थिए तर फुर्शे भने उनिहरूले खाएको टाडा बाट हेर्थ्यो।उन्ले खाएपछि त्यो टेवुलका जुठा भांडा उठाएर किचनमा लैजन बुढी माल्किनले अह्राउँछे।
आफुहरूले नास्ता गरि सकेपछि एउटा गिलासमा चिया र बेलुकाको बासि रोटी तेसैको उप्र राखेर ल खा भन्दै फुर्शेको हातमा थमाई।
आखिर परदेशमा आर्काको घरमा काम गर्न बसेको बाल मजदुर बिचरा फुर्शे के नै गर्न सक्थ्यो।चुपचाप त्यो रोटी र चिया पियो त्यस पछि किचनमा भयका जुठा भांडा माज्न अह्राई।होदि भरी भरिएका कप र प्लेट अनि अरू भांडा माज्दा माज्दै आर्को काम सुरू हुन्थ्यो।के नाम हो तेरो?बुढीले सोधि!फुर्शे !के हुन्छ फुर्शे?हामिले तँलाई बहादुर भन्छौं हुँदैन?नै हुँदैन मेरो नाम फुर्शे हो! भन्दै उ अडिएको थियो।कोहि पाहुना आएभने हामिले बहादुर राखेकाछम त्यसैले साफ सफाई र बर्तन माझ्ने काम गर्छ भनेर आफ्नो शान देखाउँथे।
फुर्शेले नेपाली बोल्थ्यो हिंदि बोल्न जान्दैनथ्यो अलि अलि बुझ्थ्यो।उसलाई त्यँहा अड्कलेर खान दिन्थे उसको पेट भरिदैनथ्यो।एक दिन दिउसाको भान्शा पछि काम सकेर माथि छतमा घाम ताप्दै थियो।घर कि बुढी माल्किनले आफु सँग बजार जान भनी उसै सँग बजार जाँदा एक बोरी रद्धिका पुराना अखबार र खालि डब्बाहरू कुचुप्पै भारी बोकाई जसलाई कबाडिको दुकानमा बेचि र त्यो पैसाले मण्डि बाट एउटा गधाले बोकेको माटो सबै किनि र फुर्शेलाई बोकाई।पहाड गञ्जको मण्डि बाट कनाट प्लेस सम्म त्यो गधाको माटो बोकेर फुर्शेले लग्यो।घरको माथि लगेर त्यो माटोलाई मसिनरी कुट्न लगाई अनि पत्थरको कोईलाको क्यारी (मसिनो)लाई त्यो माटो सँग मुच्छन लगाई र त्यसका ससाना गोला पारेर राख्न पठाई।
अहिले सम्म फुर्शेलाई थाहा छैन आखिर त्यो माल्किनले यो माटो र मसिनो कोईला मिलाएर गोला पार्न किन लगाएकि हो।तर पछि त्यो सुकेपछि अंगिठीमा त्यो खुबैराम्रो बोल्ने रैछ।
केहि दिनमा अलि अलि हिंदि भाषा बोल्न र बुझ्न थाल्यो अब कहिले कसो आफ्नो तलब कति हो भनेर सोधने हिम्मत गर्यो तर उस्लाई केहि भन्दैनथे।
एकदिन हिम्मत जुटाएर सधैको झैं बिहान एउटा रातिको बासि रोटी ल्याएको बेला,मैले बासि रोटी खांदैन!भन्यो।तर त्यो केटाले फुर्शेलाई खान्न भने फ्यांकदे भनेर गयो।अलि बेर त्यो खाएन र झाडु लिएर कोठा सफा गर्न थाल्यो।
पलंको आस्न ठुला ठुला डिब्बा भेटायो त्यो डिब्बा खोलेर हेर्दा लड्डु थिए।आहा यतिका लड्डुमा एउटा खाए के था पाउलान भन्ने ठानेर एउटा निकालेर खायो अनि आर्को पनि निकालेर खायो।दुई तिन्टा लड्डू खांदा चाल पाईने जस्तो देखे पछि फुर्शेले देखाजाल भनेर पेटभरी लड्डू खायो।
अब काम पनि गय्रो अनि तिर्खा लाग्यो गएर पानी पियो।
अलि बेर पछि छोरीले त्यो लड्डू कसैलाई पठाउँनु थियो डिब्बा हेर्दा त आधा डिब्बा लड्डू त खत्तमछ।उनिहरूले आपसमा एकले आर्कालाई सोधपुच भयो।त्यसपछि फुर्शेको पालो आयो।
फुर्शेले आफुले खाएको कुरा स्विकार गय्रो।अब सबैले उस्लाई टेडा मेडा आंखाले नियाल्दै जाँदै गर्न थाले के के भने उस्ले केहि बुझ्यो केहि बुझिन।
यसलाई जति दिएपनि पेटनै भरिंदैन यसको भन्दै आर्को दिन बुढीले किचनमा बसालेर भनि कति रोटी खान्छस?देख्दा छटांक भरकोछैन खाँदा एक किलो लड्डू स्वाहा पारेछ!भन्दै रोटी बनाउँन थालि।फुर्शेले टुटेफुटेको भाषामा “चारौटा मकाका रोकी खाता हुँ”भन्यो।बुढीले त्यो दिन चारौटा मकाईका रोटी बनाएर ख्वाई फुर्शेको त्यसै दिन पेटभरीयो।
उनिहरूले अब आफुले समान लुकाएर राख्थे फुर्शेले भेटाउँने ठाउँमा यस्ता मिठा चिज राख्न चत्रक्कै छाडे।त्यो घरमा फुर्शेले दुई मैना बितायो।तवब भने एकमैनाको जसले नोकरी लगाएको थियो उसैले लगेछ।एक मैनाको तलब लिएर त्यँहा बाट फुर्शे काम छाडेर गयो।एक त दश बर्षको कलिलो बालखलाई कजाउँने अनि अर्को तर्फ तलब पनि नदिने।उनिहरूलाई कुनैपर्कारको न त डर थियो न दया आउँथ्यो।नेपाल बाट भारतमा गएर बाल मज्दुरी गर्नेहरूको शोसण यसैगरि हुन्थ्यो।जसरी फुर्शेलाई कजाउँथे त्यसैगरी फुर्शे जस्ता हजारौ मजदुरलाई कजाउँन पाउँथे र नेपाल बाट आएका स साना बालखहरूको माग हुन्थ्यो।

चर्चामा

सम्बन्धित समाचार