थुप्रै दार्शनिकहरू भन्छन नेतृत्व बाध्यतानै हो,उनिहरूको भनाईमा गलत ब्याक्तिको हातमा नेतृत्व गयो भने पार्टीलाई गलत दिशा दिन्छ।हाम्रो देशका राजनीतिक पार्टीहरूको मूल्यांकन गर्ने हो भने लामू समयबाट नेतृत्व गर्दै आएका पार्टीहरूको अबस्था पनि भता भुङ्गैछ।नेपालको कम्युनिष्ट आन्दोलनमा धेरैजसो फुट नेतृत्वका लागिनै भयको देखिन्छ।ति फुटेर जानेहरू मध्य अपवादको रूपमा कुनै क्रान्तिकारी भयको होला अन्यथा सबैजसो दक्षिणपन्थि दिशा छोपेको कुरा कसैबाट लुकेकोछैन।क्रान्तिकारी अभ्यास गर्दै दक्षिण पन्थि धारमा पुगेको धेरै उधारणहरूछन।
यसले के बुझाउँछ भने नेतृत्व परिवर्तनको माग गर्नेहरू आफैपनि क्रान्तिकारी होईनन। त्यसकारण धेरैजसो नेतृत्वको माग ब्याक्तिगत स्वार्थका लागि पद र प्रतिष्ठाको दुरपयोग गर्नका लागिनै उठेको हुन्छ।
आफ्नै पार्टी भित्र दुईलाईनको शंघर्ष चलाउँन नसक्ने कम्युनिष्टका नेताहरूले नेतृत्वको माग गर्नु भनेको नीतान्त नीजि स्वार्थका लागिनै हो।नेतृत्व भनेको त एउटा ऐतिहाशिक जीम्मा लिनुहो सिङ्गो पार्टीको र देश समेतको।राजनीति गर्नु र सर्वहाराको राज नीति गर्नु भनेको एउटै बिषय भने पक्कै पनि होईन।बुजुर्वा हरूको राजनीति जस्तो सजिलो राजनीति कम्युनिष्ट पार्टीको हुँदैन।कम्युनिष्ट पार्टी नै आफैमा मार्क्सवाद लेनिनवादी अनुसाशन भित्र सिङ्गो संसारलाई र मानव समाजलाई हेर्ने वैज्ञानिक दरपण हो र फेर्ने सांचोपनि हो।त्यसकारणले कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवादको गहन अध्यायन गर्नुपर्छ र त्यहि अनुसार परिस्थितिको ठिक मुल्यांकन गरेर ठोंश निर्णय गर्न सक्ने हुनुपर्छ।अहिले हाम्रो देशका कम्युनिष्टहरू खास गरेर भौतिकवादी बिचारधारालाई पचाउँन सक्ने पनि भै सकेका छैनन्।यो अबस्थामा कुनैपनि कम्युनिष्ट पार्टीको नेतृत्व सम्म पुग्ने हैशियतमा छैनन् उनिहरूले नेतृत्वका गफ लगाउँनु भनेको पानिमा उठेको फोका जस्तै नै हो।
मार्क्सले धर्मलाई अफिमको नशाको शंज्ञा किन दिएका थिए भने हाम्रो समाजलाई त्यो बुजुर्वा लत लागि सकेकोछ त्यसकारणले त्यो बाट मुक्त हुँन सितिमिति सक्दैनन।अहिले कयौं कम्युनिष्ट भनौदाहरू चुनाउ जीत्नको लागि भाकल गर्ने भेट्टिन्छन।हाम्रो समाजमा कुल पुज्दा पनि बलि दिने चलनछ त्यसैको पनि बिरोध गर्न सकिराखेका छैनन्।नेपाली समाज एक प्रकारको सिकारी समाज जस्तो देखिन्छ।
देवाली पनि गर्नै पर्छ मोर्दा काज कृया पनि गर्नैपर्छ,छोरो जन्मिए छैंठि गर्नै पर्छ उस्को बर्तबन्द गर्नै पर्छ।महिलाको मासिक धर्मको बेला उनिहरूलाई छुट्टाउँनै पर्छ कतिपय ठाउँमा त छाउगोठ बेग्लै बनाएकाछन।जातिय छुवाछुतमा उनि लिन हुन्छन पुजापाठमा उनिहरूको बिस्वासछ।अब भन्नुस हाम्रो देशमा करिब ६३%कम्युनिष्ट भन्नेहरू यथार्थमा कति जना सच्चा कम्युनिष्ट बचेकाछन?
हाम्रो देशको सबैभन्दा ठुलो बिड्मबना भनेको यहि हो।नेतृत्व परिवर्तन पनि सैधान्तिक आधारमा होईन बरू यस्तै बुजुर्वा संस्कारको बस्तुगत आधारमा भयकोछ।एक जनाले कम्युनिष्ट बन्न साराजीवीन आत्मा त्याग गय्रो तर बहुमत भने बुजुर्वा ब्यबहारलाई छाड्न सकिन भने त्यसले के गर्न सक्छ।बिद्रोह भनेर पनि भन्न सक्नुहोला !तर के बिद्रोह गरेर उस्ले कम्युनिष्टको नेतृत्व जारि राख्न सक्ला?उस्ले जुन ब्याक्तिहरू लाई कमिटिबद्ध गर्छ के उनिहरू पुराना भन्दा ठिक आफु जस्तै भेटाउला?यो कुनै ज्ञारन्टि छैन।आखिरमा हामि काँ पुग्छौँ दक्षिण पन्थि दलदलमा भासिन पुग्छौँ यहि एउटा सत्य हो।अहिले सम्म भयको पनि त्यस्तैछ।
अहिले संसार भरिका कम्युनिष्टहरू अवसरबादी खेमामा लागेकाछन।अपवादको रूपमा कम्युनिष्ट कता कति बिउ भेट्टिएला।त्यसैलाई पनि सखाफ पार्ने उदेश्यले विस्वका अवसरबादीहरू लागेका हुन्छन।अहिले कता कति भेटिएका कम्युनिष्टहरूको जोगेर्ना गर्नुपर्ने आबस्याकताछ।हुन त पुरानो नेतृत्वले नयाँ पुस्तालाई तैयार गरेर आफु जीवीत छँदै आफ्नो पार्टीलाई नयाँ नेतृत्व पर्दान गर्नुपर्ने हो।तर त्यस्तो समय आउँनु भन्दा पहिलेनै नयाँ लाएक हुनथालेका ब्याक्तिमा अवसरवादको गन्ध सुरू हुन्छ।अब भन्नुस जानि जानि नेतृत्वले आफ्नो काँधबाट अवसरवादलाई जीम्मा दिएपछि कम्युनिष्ट कति दिन सम्म जोगिएला?एउटा सच्चा कम्युनिष्टले आफैले आफ्ना आंखाको सामुन्य कम्युनिष्ट बिचारधाराको हत्य भयको कसैले पनि देख्न चाहाँदैन।यदि त्यो कम्युनिष्ट हो भने आखिरी स्वास रहँदा सम्म शंघर्ष गर्छ र त्यो पद छोड्दैन।
कम्युनिष्ट बन्न त्यति सजिलो छैन,धेरै पढेर कम्युनिष्ट हुनेभय नेपालमा डा.बाबुराम भट्टराई केसरजङ राएमाझिहरूको पढाई धेरैराम्रो हो।धेरै भाषन छाँट्ने हरूपनि नेपालमा कम छैनन्।कम्युनिष्ट भन्नु त सर्वहाराको पार्टीहो।का.निर्मल लामाले आफ्नो उपचार समेत सरकारी पैसामा बिदेशमा गराउँन मानेनन र उनि मरे।के अहिलेका नेताले त्यत्ति गर्न सक्लान? जस्ले गरिब कमेरा बर्गको पक्षमा आजीवन शंघर्ष गरे त्यसैलाई चीनको कम्युनिष्ट पार्टीले मरेपछि सदस्य प्रदान गरेको उधारणछन।कम्युनिष्ट भनेकै जस्ले गरिब किसान मजदुर भुमिहिन किसान तमाम श्रमजीवी दस्तकारको प्रतिनिधित्व गर्न सक्छ त्यसैको पार्टीहो।
नक्लि डिग्रि लिएर जनतालाई वा प्रतिकृयावादी सरकारलाई भ्रम दिएको जस्तो कम्युनिष्टको डिग्रि होईन बरू यसमा लोह अनुसाशन चाहिन्छ।जनवादि केन्द्रियता र गोपनेता पार्टीको अनुसाशन हो।जँहा जे मनलाग्यो त्यहि बोल्ने त्यहि गर्ने छुट कम्युनिष्ट भित्र नहुँने भयकोले निरन्तर कम्युनिष्टमा फुट हुन्छ।आ आफ्नो स्वार्थ अनुरूप ढाल्न खोज्नेहरूले नै चल्दा चल्दैको शहि नेतृत्व परिवर्तन गर्न खोजेका हुन्छन।हामिले बुझ्नै पर्ने कुरा नेतृत्वले अप्नाएको ब्यबहार मार्क्सवाद-लेनिनवाद समत छकि छैन?राष्ट्रको हितमा उस्को ब्यबहार छकि छैन?त्याहि अनुसार नेतृत्व ठिक वा बेठिक भन्न सकिन्छ।पार्टीलाई फुटाएर जानेहरूले क्रान्तिकारि बाटो अप्नाउँने चान्स धेरै कम हुन्छ किनकि उनिहरू फुट्ने कारणको अध्यायन गरेपछि त्यसबारे मूल्यांकन गर्न गारो हुँदैन।पार्टीलाई वार्गेनिङ गर्ने बिचारले मुक्त भयर आ-आफ्नो गलतिलाई सच्चाएर पार्टीमा फर्किन सक्ने क्षामता छ भने हामिले उनिहरूलाई वास्तबिक क्रान्तिकारी भनेर भन्ने थियौं।कुनैपनि कम्युनिष्ट पार्टीले आफ्नो गलतिलाई सच्चाउन सक्नु पर्छ।
देश र जनताको हितमा पाईला चाल्न सक्नुपर्छ।कुनै सैधान्तिक गम्भिर गलति गरेको हुन्छ भनेनै त्यँहा बिद्रोह हुनुपर्छ।अहिले हाम्रो देशमा हामिले जन शंघर्ष लाई न्युनतम कार्यनीतिको रूपमा अपनाएको बेला त्यो भन्दा क्रान्तिकारी नीति अप्नाएर बिद्रोह गर्नेहरूले आफ्नो शंघर्ष को योजना तालिका जनताको माझमा ल्याउँन सके झन राम्रो होला।तर जुन सुकै अबस्थामा पनि पार्टीलाई टुक्राउँन खोज्नुलाई कत्तिपनि सहि भन्न सकिदैन।लामा लामा लेख लेख्नेहरूले ब्यबहारमा थोरै समाज परिवरतनको लागि एकाद ईन्टा थप्नेकाम गर्न सक्नु पय्रो।