सुरेशकुमार पान्डे — जीवनभरी हामिले सत्य र शंघर्षमा बिस्वास गय्रौँ।हाम्रो बिचारमा अंझैपनि सच्चाईको जीत हुन्छ भन्नेछ तर हामिले गर्ने शंघर्ष भनेको संगठित शंघर्ष हो पहिले जस्तो चेगुए बाराले जस्तै लड्न अहिले सकिदैन।अहिले मार्क्सवाद लेनिनविदलाई पथप्रदर्शक शिधान्त बनाए पनि बलियो जनाधार चाहिन्छ।हामि लड्ने भनेको संगठनको बलमानै हो।
एकजना क्रान्तिकारिले आफ्नो देश र देशका जनताहरूको लागि लड्नेहो त्यसको लागि जनतालाई बिस्वावासमा लिएर लड्नुपर्छ।जनता बाट एक्लिएर लडेको लडाईको भबिस्य छैन।जति सुकै राम्रो शिधान्त भयपनि जनताले साथ दिएनन भने त्यो फलाप हुन्छ।तर बिना सिधान्तको शंघर्षले जीत हासिल गरेता पनि त्यो लामुसमय सम्म टिक्न सक्दैन।फ्रांशको राजधानी पेरीसमा जनताको बलले संसारमै पहिलो पल्ट त्यँहाको पुँजीपति बाट मजदुरले सत्ता आफ्नो हातमा लिएका थिए।तर सिधान्तको कमिले गर्दा आपसमै उनिहरू अन्दोलमा परेका थिए।प्रूधो र वाकुनिन बिचको बिवादले पनि त्यो कम्युनलाई कम्जोर बनाई दियो।
सत्ता त जनताले खोसे तर त्यो टिकाउँन सकेनन्।यँहा सैधान्तिक कम्जोरी रहेको पछि कार्ल मार्क्सले मुल्यांकन गर्नु भयको थियो।सिधान्त लाई न अगाले पछि पनि जनताको बलले मात्रै काम गर्न सक्दैन।
हाम्रो देशमा पनि जनताले ठुलो शंघर्ष गरेकै हुन पहिले राणालाई फाले अचेत राजनीतिले गर्दा राजाले उल्लु भनायो। फेरी राजालाई फाले अनि फेरी राजाले खोस्यो र पुनःराजतन्त्रको बिरोधमा शंघर्ष गर्नु पय्रो।चीनमा माओले लगभग२८बर्षमै नौलो जनवादी ब्यबस्था ल्याए तर उन्को निधन न हुँदै त्यो ब्यबस्थामा खतरा देखा परेको स्वायम आफैले महेशुर्ष गरेर सर्वहारा साँस्कृतिक क्रान्तिलाई सुरू गरे जो सन१९७६सम्म रहयो।कामरेड माओको निधन पछि स्वयम माँओले आसंका गरे अनुसार चीनमा प्रतिक्रान्ति भयो।कामरेड माओले आफु जीवीत छंदै यस्तो हुनसक्छ भनेका थिए।
त्यो भयो जस्तै रूसमा स्टालिन पछि त्यँहाको समाजवाद खतरामा पय्रो र सन१९५६मै त्यहाँ संसोधनवादीहरूको घोषित आकारमण भयो।ख्रुचेभले प्रेस्त्रोईका र गलास्नोस्त लागु गरेर (पुँजिवादको पुन्रनिर्माण)पुँजीविदको श्रिगणेश गरेका हुन।का.स्टालिनको डरले लुकेर बसेका रूसमा उन्को निधनपछि झरिचेंउ जस्तै उम्रिय।उम्रिएका त पहिलेनै थिए तर मौका मिलेको थिएन।स्टालिनको मृत्युपछि उनिहरूलाई मौका मिल्यो।ठिक तेस्तै चीनमा माओको निधन भयपछि प्रतिक्रान्तिकारीहरूलाई मौका मिल्यो।यसले के देखाउँछ भने उहि तरवार साधुको हातमा गयो भने सैतानको घांटि रेड्छ यदि त्यो तरवार सैतानको हातमा गयो भने साधुको घांटी रेट्छ।
तर अहिले उतिबेलाको जस्तो अबस्था पनि छैन त्यो बेला आजको जस्तो आधुनिक रफ्तार थिएन।मानिसहरूले थोरै धेरै साररिक परिश्रम गर्थे।शोशकहरू पनि आधुनिक अथियारले सुसज्जित थिएनन।बिनिमयको ब्यबहार हुन्थ्यो।
तर अहिले पुँजिवादि ब्यबस्थाले संसारमा भुमण्डलिय करण गर्दै आएकोछ।गरिब किसानहरू समेत सुख भोगि बन्दै गयकाछन।हरेकका हातमा आज नेटछ।यध्यापि गरिबहरू लगातार बेरोजगार बन्दैछन तर पनि मानसिक रूपबाट उनिहरू सर्वहारा छैनन्।यो अबस्थामा संगठनलाई बिशाल बनाउँन कठिन भयकोछ।अहिले ठुलो ठुला राजनीतिक दलहरूले युवाहरूलाई भाडामा उपयोग गरेका हुन्छन।
एउटा गरिब मानिसलाई आर्को गरिब सँग लडाउँन पुँजिपतिले धन प्रयोग गरेकोछ।उनिहरूको अगाडि झिंगालाई मह जस्तै कमिसनको फण्डा तेर्छाएकोछ।पुँजि निवेश ले बिदेशि पुँजिपतिहरूले आर्को देशमा धनको लगानि गरेर त्यँहा कुनै उत्पादन गरेकाछन।त्यो देशका गरिबहरूलाई नोकरी दिने आफर प्रयोग गर्छन।त्यो पनि दलालको माध्यायम बाट कमिसन लिने पनि गरिब कमिसन दिने पनि गरिब अब एउटा गरिबले आर्को गरिब सँग कमिसनको खेल खेलेकोछ।धनिले फाईदा उठाएकोछ।किन कि अब कम्पनिले सिधै नोकरीमा नराखेपछि उस्को जिम्मेवारी सकियो।यसरी धनिले गरिबलाई गरिब सँग लडाउँन कुनै कसर छाडेकोछैन।
यो अबस्थामा गरिब सँग गरिबले बाह्र देखि चौध घन्टा सम्मनि काम लिन्छ।उनिहरूलाई सँगठित गर्ने अधिकार पनि खोस्सिन्छ।अहिले उनिहरू एउटा कम्पनि बाट एउटा ब्याक्तिको मातहातमा परेकाछन।तमाम कम्पनिहरूले सिधै भर्ति गर्न छाडे,उनिहरूले कुनै पनि कामदारको शुरक्षा वा हितको ज्ञारन्टी दिनु पर्दैन मात्र कमिसन उनैको तलब बाट एउटा ठेकेदारले लिन्छ र कम्पनिमा कजाउँछ।यो अबस्थामा उनिहरूलाई संगठित गर्न पहिलेको तुलनामा धेरै गारोछ।अहिले पुँजिवादले यति धेरै महंगि गराई दिएकोछ दुईजनाले काम गरेर एउटा बच्चाको परवरिश गर्न गारोछ।एउटा रोग लागि हाल्यो भने उपचार गराउँन हामिजस्तो दैनिक ज्यालादारले सक्नेछैन।यो अबस्थामा न त क्रान्तिको लागि फिल्डमा उत्रिने मनस्थिति बनेकोछ न त्यो छिट्टै बन्ने सम्भावनाछ।त्यसकारण अहिलेको शंघर्ष भनेको जनशंघर्ष नै हो जनताले बर्तमान ब्यबस्थालाई बिस्तारै शंघर्षकै माध्यायम बाट हटाएर।क्रान्तिकारी रूपरेखाको तैयारी गर्ने अहिलेको अबस्थाहो।
हाम्रो देशको भगौलिक अबस्था र त्यँहाको जनताहरूको अबस्था झनै कष्टकरछ।हामिले देशलाई जोगाउँन ठुलो शंघर्ष गर्नुपर्ने आबस्याकता देखिन्छ।राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको लागि हाम्रो निरन्तर शंघर्ष जारि राख्नुपर्छ।हामि परदेशमा बसेको श्रमजीवीहरूले आफ्नो देशमा झिनो मसिनो काम खोजेर वा आफ्नो भयको थोरै जमिनलाई कोरेर देशभित्रै बस्नुपर्ने देखिन्छ।नत्र हाम्रो देशको भबिश्य अत्यान्तै कम्जोर हुँदैजानेछ।यसैको लागि संगठित शंघर्षको आबस्याकताछ।
तर ईमानदार साथिहरूको खांचोछ।अवसरबादीहरूको बोलवाला भयको अबस्थामा ईमान्दार ब्यक्तिहरूलाई बिशेष शुरक्षित रहनुपर्ने आजको आबस्याकताछ।हिंजको जस्तो बर्ग बिहिन समाजको निर्माणका लागि बर्गिय मित्रतामा विस्वास गरेर अगाडि बढ्न सक्ने अबस्था पनि आज छैन।आज आफ्नै बर्ग सँगपनि पर्दिशप्रधा चलेको अबस्थाछ।बर्ग भित्र बर्ग पलाएको अबस्थामा हामि बर्गिय शंघर्ष गर्न कमरकसेका हरूपनि बिशेष रूपमा सचेत भएर अगाडि बढ्नु पर्ने देखिन्छ।