सुरेशकुमार पान्डे– राजनीति पार्टी हौश वा सामाजिक आन्दोलन त्यो भित्र रहेका चाप्लुसिले गर्दा जुन सुकै नीतिलाई पनि बेथिति मा बदलदिन्छन।
संगठनमा नेता कार्यक्रताको बिचमा जी हजूरी भयपछि त्यसले सैधान्तिक रफ्तारलाई ढिलो गराई दिन्छ।त्यँहा गुट बन्न थाल्छ अनि बिना नीतिको आपसको मतभेद जन्मिन्छ र संगठनमा फुट हुन्छ।
संगठन भित्र पनि भ्रष्टचारको जनम सुरूहुन्छ।र त्यसैले एउटा दुर्घट्ना निम्ताउँछ।
नीति बिनाको ब्यबहार अन्धो र ब्यबहार बिनाको नीति अन्धो भनेको जस्तै।नीतिले मात्रै पनि काम चल्दैन जव त्यो कार्यान्वयन हुन्छ तब मात्र नीति सार्थक हुन्छ।अहिले तमाम राजनीतिक पार्टी भित्र जी हजूरीले ठुलो ठाउँ ओगटेकोछ त्यसैलाई हामिले राजनीतिक भ्रष्टचारको रूपमा लिनुपर्छ।अहिले कांग्रेसको एमालेको र माओवादीको महाधिबेशनको द्वौर चलेकोछ।उनिहरूको राजनीतिक दस्ताबेजको छलफलको समय सिमा उनिहरूको दश्ताबेजमा परिमार्जितको बारे त हामिले भन्नै भैन सामन्यतः पुँजिवादि पार्टीको अनुसाशन समेत खलबलियो।अहिलेको अबस्थामा आफुलाई कम्युनिष्ट भन्नेहरूको अबस्था पनि कांग्रेशको राप्रपाको भन्दा बेग्लै हुन नसक्नु भनेको दुःखको कुराहो।आखिर कम्युनिष्ट र उनिहरूमा खालि झण्डाको र पार्टीको नामको मात्रै फरक देखिन्छ।
हामिले पटक पटक अनुसाशनका कुरा उठाएर अनुसाशनको नैतिक रूपमानै उलङ्घन गर्दै आएको देख्छौं।अनुसाशन भनेको त घर समाज सडक र मानिसको चालमा पनि हुनैपर्छ।थोरै चाल बिग्रियो भने जीवननै बर्वाद हुन्छ।सवाल अनुसासन कस्ले कति लागु गर्ने भन्ने बारे छलफल गर्नु पर्दा।एउटा सानु शिशुलाई हामिले अनुसाशन कति लागु गराउँन सक्छौँ त्यहि अनुपातमा हामिले अरू ठुलालाई दांजन मिल्दैन।कसैलाई पनि मान्छे भयपछि त अनुसासनको पालना गर्नै पर्छ तर त्यो कुरा नवजात शिशुलाई लागु हुँदैन।जस्तै जस्तै सचेत हुँदैजान्छ उस्तै उस्तै उस्तै अनुसाशनमा बांधिदै जान्छन।यहि कुरा पार्टीका तल बाट माथि समनिका कार्या क्रतामा लागु हुन्छ।
यो चराचर प्राकृतिक जगतको पनि एउटा निश्चित प्रकृया हुन्छ,नियम हुन्छ।मानव समाजको पनि त्यहि प्रकारको नियम हुन्छ।हामि सडकमा हिंड्दा पनि यदि अनुसाशन अप्नाएनौ भने त दुर्घट्ना पनि हुनसक्छ।त्यस बारे पनि त अनुसासन अप्नाएका हुन्छौ।सबै ठाउँमा अनुसासनको उत्तिकै महत्व हुन्छ।नेता भयपछि कार्यक्रता भन्दा बढि सदस्य भन्दा कार्यक्रता लाई बढि र जनता भन्दा सदस्यता लिएका संगठनका अलि सचेत नागरिक भयकोले आम जनता भन्दा बढि संगठित ब्याक्तिको बढि सचेत हुनैपर्छ।
चीनमा कामरेड माओले अनुसाशनलाई बढि महत्व दिनु भयो परिणाम छोंटो समयमै चीनलाई नयाँजनवादी ब्यबस्था दिन सक्नु भयो।रूसमा कामरेड लेनिनले आफु अल्पमतमा परेर पनि समाजवादी क्रान्ति गरेर छाडेका थिए।यि सबै क्रान्ति अनुसाशनमा रहेर मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढाउँन सके र सम्पन्न हुन सके।अनुसाशन बिना घर चल्दैन समाज चल्दैन।
मानिस जव अनुसाशनमा रहन सक्दैन त्यसपछि उस्ले नेताको चाप्लुसि गर्न थाल्छ।चाप्लुसि गर्न थालेपछि पार्टी संगठनमा गुट बन्दि पनि सुरू हुन्छ त्यसि भयर निरन्तर संगठनमा पहिरो जान्छ।मानिसलाई अहिले पुँजिवादी राज्यब्यबस्थामा धेरैजसो सुख भोगि भयकाछन।त्यसैले पनि यो चाप्लुसिमा बल मिलेको हुन्छ।
अनुसाशित ब्याक्तिले कहिलैई मार पनि खाँदैनन् भन्नेकुर कयौं दार्शनिकहरूको जीवनीले पनि पुष्टी गर्छ।अनुसाशित ब्याक्तिले चाप्लुसि गर्नु पर्दैन र उ हमेसा सामाजमा बिस्वासको पात्र बनेको हुन्छ।