सुरेशकुमार पान्डे — चौरमा चारै तिरबाट आएका किसान मजदुर ज्यामि र महिलाहरूको ठुलो सहभागि थियो।मञ्मा केहिं अथितिहरूको जमघट थियो।
हामि पुरूष प्रधान समाजको अनत्य गर्छौ देशभित्र नौलो जनवादि क्रान्ति सम्पन्न गर्छौँ।समानता मुलक साशन ब्यबस्था न ल्याउँदा सम्म हामि चयन सँग बस्नेछैनौँ! भनेको शुन्दा चौरमा बसेका जनताले तरर तालि पिटेका थिए।
चारै तिरबाट डाँडाहरूले घेरिएको चौर अत्यान्तै मनमोहक देखिनथ्यो।फुर्शे ग्वाला गएको एकछिन भएपनि त्यँहा पुगेको थियो।
आज ठुला घरे कान्छाको चुनावी भाषन शुन्दा फुर्शे पनि खुबै जोसमा उफ्रि-उफ्रि तालि पिट्दै थियो।
अहिलेको भोट ठुलाघरे कान्छालाई दिनुपर्छ! भिड बाट आवाज आयो।ठुलाघरे कान्छ जीन्दावाद!जीन्दाबाद!चौरमा लागेको नारा टाडा टाडाका गाउँ सम्म पुगेको थिय।यँहा जम्मा भयका सबै तह र तप्काका जनताहरूले खचाखच भरिएको चौरमा एउटै स्वर थियो ठुलाघरे कान्छा अगाडि बढ हामि तिम्रै साथमा छम।
उनि कम्युनिष्ट पार्टीका नेता थिए,फुर्शेलाइ पनि उन्को बिचारले प्रभाव पाय्रो।अहिलेको आफ्नो गुप्त मतदान यही ब्याक्तिलाई दिने भनेर मनमा पक्का गरेका थिए।भोलि पल्ट उनि ठुला घरे कान्छाका घरमा टुप्लुक्कै पुगे बिहानै भाता बेला भन्दा पहिला थियो।
लाल शलाम कामरेड!हिंजो हजूरको भाषनले मलाई धेरै प्रभाव पार्यो।अहिले हजूरको जीत निश्चितछ!फुर्शेले आसवासन दिदैं भन्यो।कान्छा पनि मख्खै भयर नजिकको कुर्चिमा बस्न ईसारा गरे। एकछिन पछि आर्ने दाई आफ्नो ज्याला लिन टुप्लुक्कै आईपुगे।आमाले पेटीमा टाडै बाट एउटा चकटी हुर्याईन।उनि नबोलि नबोलि चकटीमा बसे।यहि बेलामा ज्याला माग्न आउँनुपर्छ तिमिलाई?उनि अलि चर्को स्वरमा खसालेर बोलिन।के गरौं त बराजु काम गरेको ज्याला लगेर आफै दिएको भय त म केलाई आउँथे र!भन्दै गिड गिड गरे।उनि नसुन्या जस्तै गरेर भित्र पसिन।
दलानमा दुईटी स-साना बालख खेलिरहेका थिए।दुबै छोरी कान्छाका नै रैछन।अनि कति केटा केटीछन हजूरका फुर्शेले उता बाट आफ्नो ध्यान हटाउँदै सोधे।दुईटी छोरी मात्रैछन अहिले सम्म,आर्को पनि आजभोलि भाछ,खै अहिले छोरा जन्मिन्छ कि भनेकोछुँ।
अनि हजूरलाई जे जन्मिए पनि त खासै फरक नपर्ला?कान्छा तिर हेर्दै फुर्शेले भन्यो।किन परौन?बंश त चलाउलनै पर्लानी!नजिकै बसेकी आमाले भनिनन्!छोरा भनेको त छोरै हो छोरि त आर्काको घरमा जाने जात हो।कान्छाले आमाको कुरा सुनेर कुनै उत्तर दिएनन् तर प्रष्ट सँग आमाको कुरा मोन समर्थन गरेको फुर्शेलाई महेशुर्ष भयो।एकैछिन पछि कान्छिले ठुलो घाँसको भारि बोकेर आईन।कान्छ भन्दा धेरै उमेरकी नभयपनि उनिभन्दा कम्जोर अबस्था कि देखिन्थिन उनि दुई जिउकी नारि अहिले आराम गर्ने अबस्थामा सांच्चै यति ठुलो घाँसको भारि बोकेको देख्दा मनैमनमा भन्छ!
आखिर पुरूष प्रधान समाजमा जति छोराको मागछ त्यति छोरीको छैन।तर छोरी बिना श्रृठ्ठिको कलपना नगरेपनि हुन्छ।यो यथार्थ कुरालाई लुकाएर जनताको माझमा भ्रम छर्दै नेताहरूले भोटको राजनीति गर्छन।अहिले पनि छोरि जन्मिए यिनि महिलाको यहि घरबार पनि अस्थाई जस्तैछ।आज जति सुकै समानताका धाग लगाएपनि वास्तबिकता उस्तै हो।
अलि बेर सम्म बसेका आर्ने दाई पानी पनि नपिएर आफ्ना घर फर्किए।अहिले पनि उन्को काम गरेको ज्याला दिएनन्!बिचरा आर्ने दाई आफ्नो पसिनाको प्रतिफल पसिनानै भयो।
यो सबै गहिरोगरि नियालेको यो
फुर्शे चारै तिर आफ्ना ठुला ठुला आँखा घुमाउँछ अनि ठुलो स्वास फेरेर त्यँहा बाट अहिले आफुले
पनि बिदा लिएर आफ्नो गनतब्य तर्फ लाग्यो।