• होमपेज
  • समाज
  • बाजुरा बिमानस्थलमा भएको जहाज घटनामा बिश्वका चर्तित संचारमाध्यायमको ध्यान

बाजुरा बिमानस्थलमा भएको जहाज घटनामा बिश्वका चर्तित संचारमाध्यायमको ध्यान

  • आइतवार, मंसिर १९, २०७८
बाजुरा बिमानस्थलमा भएको जहाज घटनामा बिश्वका चर्तित संचारमाध्यायमको ध्यान

बाजुरा — बाजुराको कोल्टी विमानस्थलमा बुधबार यात्रुहरुले विमानलाई धक्का लगाएर छेउ लगाएको भिडियोलाई लिएर नेपाल भन्दा बाहिरका ठुला संचारमाध्यामले प्राथमिकताका साथ समाचार सम्प्रेशण गरेका छन । तर नेपाली संचार माध्यायकाे भने यस बिषयमा कसैकाे ध्यान नगएकाे पाइएकाे छ ।
एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजको टायर पड्किए पछि सो जहाजलाई रनवयबाट हटाउन थक्का लगाएर अर्को ठाउँ सारीएको थियो ।
‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो’ त्युसपछि यात्रु र प्रहरी लागेर धावनमार्गको छेउमा लगाएका हुन् ।
बजुरेलीले कोल्टिमा जहाजलाई ठेलेको भारतिय चर्चित टिभि जि न्युज, एपि, आजतक लगायत सञ्चारमाध्यममा स्थान पायो । यो बिषय संवेदनशील भएर होला अन्तर्राष्ट्रिय मिडियाले स्थान दिएको हुन सक्छ । धावनमार्गमा धकिलिएको सो जहाजको भिडियो टिकटक फेसबुकमा निकै भाइरल पनि बन्यो । नेपाली मिडियाले यसलाई खासै स्थान नदिए पनि अन्तराष्ट्रिय संचार माध्यामले भने प्राथमिकताका साथ सो समाचारलाई स्थान दिएको पाईयो ।
बडिमालिका खबर र दिनेश खबरले यसलाई समचारका रूपमा वनायो यो भिडियो बडिमालिका खवरकोे युटुब च्यानलमा पनि छ । नेपालका राष्ट्रिय मिडियाले चासो समेत देखाएन् ।

चर्चामा

सम्बन्धित समाचार