• होमपेज
  • समाज
  • प्रदेश प्रमुख जोशीको सट्टा महाधिबेशन प्रतिनिधिमा अर्काे ब्यक्तीले पाउछन त ?

प्रदेश प्रमुख जोशीको सट्टा महाधिबेशन प्रतिनिधिमा अर्काे ब्यक्तीले पाउछन त ?

  • सोमवार, कार्तिक २९, २०७८
प्रदेश प्रमुख जोशीको सट्टा महाधिबेशन प्रतिनिधिमा अर्काे ब्यक्तीले पाउछन त ?

बाजुरा–बाजुरा बाट नेपाली काँग्रेस महाधिबेन प्रतिनिधि बिजय भएका देबराज जोशीलाई नेपाल सरकारले शुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेको छ । उनि प्रदेश प्रमुख भए सँगै अब काँग्रेसको महाधिबेशनमा प्रतिनिधिका रुपमा उनि सहभागि हुन नपाउने भएका छन् ।
बाजुरा बाट खुला १० जना सहित २५ जना महाधिबेन प्रतिनिधि निर्वाचित भएका थिए । देबराज जोशी खुला बाट महाधिबेशन प्रतिनिधि निर्वाचित भएका थिए । अब उनि महाधिबेशनमा सहभागि हुन नपाउने भएपछि उनको सट्टा अर्को सहभागि हुन नपाएपछि बाजुरा बाट २५ जना मध्ये २४ जना मात्र सहभागि हुने भएका छन् ।
काँग्रेसका एक केन्द्रिय सदस्यका अनुसार यस्तो अबस्था के गर्ने भन्ने बिधानमा प्रष्ट नभएकाले यो खालि नै हुन सक्ने वताएका छन् । यसमा १ जना बिचमा फेरि चुनाव गर्नुपर्ने हुन्छ, त्यो पनि सम्भाबना नरहेकोले जोशीको सिटमा खालि हुने रहेको उनले वताए । अर्को काँग्रेस महाधिबेनमा प्रतिनिधिमा खुला १० जनामा चुनावी प्रक्रियामा सहभागि हुँदा ११ औ स्थानमा रहेका दिपक बिक्रम शाहको पनि सम्भाबना रहेको छ ।
काँग्रेसका एक जिल्ला स्तरका नेताका अनुसार जोशी सहभागि हुन नपाउने भएपछि ११ औ नम्बरमा रहेका दिपक शाहले महाधिबेशन प्रतिनिधि हुनुपर्ने वताएका छन् । नेपाली काँग्रेसका बिधानमा भने यस्तो अबस्थामा के गर्ने प्रष्ट नभएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार