शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

  • शुक्रबार, कार्तिक १९, २०७८
कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

धनगढी– कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो। त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो। सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएका हुन्। उनको हातमा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने बताए।  घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्य युवकहरुको खोजी भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार