लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ८ बाउलीमा बस्दै आएका पेमा ग्याल्वो गुरुङको परिवारलाई सहयोग गरिएको छ । पेमा सहित उनको २ वटा छोरीलाई लुगाकपाडा खाद्यन्न र स्टेशनरी सहयोग गरेको स्थानिय तनि थापाले वताएकि छन् ।
पेमा उपचार अभाबमा जिवनमरणको दोसाधमा र दुई छोरी अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित पछि उनको परिवारलाई सहयोग जुटेको हो । समचार प्रकाशित पछि शान्ति सेवा गृह काठमाडौ, सम्राट सिं बस्नेत, एन्ड्रिया ड्रेवरले सहयोग गरेको बडिमालिका नगरपालिका ८ वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् ।
पेमाको परिवारलाइ २ कट्टा चामल, नुन, तेल, दाल, ३ जनालाई लुगाकपडा र २ छोरीलाई स्टेशनरी सहयोग गरिएको थियो । समचार आइसकेपछि पेमाको परिवारलाई भएको सहयोगले ठुलो राहत भएको वडा अध्यक्ष रावलले वताएका छन् । रावलले पेमाको उपचारका लागि समेत सहयोग गर्न आग्रह गरेका छन् ।
पेमा बिगत ७ महिनादेखी थला परेका छन । उनलाई पक्षघात संगै क्षयरोग कारण गुरुङ ७ महिनादेखी उपचार अभाबमा अलपत्र परेको छन् । पेमा ७ महिना देखी पाल मुनी जिवनरमरणको दोसाधमा रहेका छन् । दशैको मुखमा सहयोग पाउँदा निकै खुशि भएको पेमाकि छोरी अन्जलीले वताएकि छन् ।
अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा जान भनेपनि उनलाई आर्थिक अबस्थाले नभ्याएपछि हाल घर नजिकैको पालमा बस्ने गरको उनकी छोरी अन्जलीले बताइन । उनलाई क्षयरोग संगै पक्षघात भए पछि हिडडुल गर्न र चर्पी जान समेत समस्या भएको छोरीले वताईन् ।
पक्षघात भइसकेपछि गुरुङलाई हिडडुल गर्न समस्या भएको र चर्पी जान समेत २ वटा छोरीले बोकेर लिने गरेको स्थानीय तनी थापाले बताईन । उनकी श्रीमती दावा साङगु गुरुङ १ बर्ष पहिले भिरबाट लडेर मृत्यु भएको स्थानिय थापाले बताइन । आमाको मृत्यु र बुवा बिरामी परेपछि उनकि २ वटा छोरी अहिले अलपत्र अबस्थामा रहेकी छन् ।
बुवा बिरामी भएपछि दुबै छोरीले स्कुल जान पाएका छैनन । उनकी जेठी छोरी अन्जली गुरुङ कक्षा १० मा मालिका माबिमा र कान्छी छोरीस कारु गुरुङ कक्षा ८ मा बालमन्दिर आधारभुत बिद्यालयमा अध्यानरत थिइन । उनका बुवा बिरामी भएर थला परेपछि उनिहरुले बिद्यालय जान नपाएको उनका छिमेकी हर्क गुरुङले बताए ।
बिद्यालय जान बुवालाइ शौचालय लिने समेत कोही छैन्, अर्को बुवा नै बिरामी भएपछि आर्थिक अभाबले समस्या रहेको पेमाकी छोरी कारुले वताएकि छन् । आमाको मृत्युको पिडा नबिर्सीदै उनका बुवा बिरामी भए पछि उनकी दुबै छोरी समेत अलपत्र अबस्थामा परेको छिमेकीहरुले बताए ।