रहश्य!लघुकथा!

  • आइतवार, अशोज ३, २०७८
रहश्य!लघुकथा!

सुरेशकुमार पान्डे — अहिले पलाटिङ काटेका खेतहरु मा रामेले घर बनाउँन थालेको थियो।कम्पाईनले खाल्टो खन्दा त्यँहा मानव कंङ्काल फेला परेपछि आसपासका मानिसहरु जम्मा भयका थिए।आखिर कस्को हुन सक्छ त्यो कंङकाल?
त्यसबारे सबै मौन थिए।यो खेतपनि कयौँ ठाउमा बिकि सकेको थियो।के यो त्यहि फुर्शेको अबशेष त होईन?उस्को भयपनि कस्ले खोज बिन गर्ने कुनै आफ्नो भन्ने जीवीतनै छैनहोला।
अक्टुवर को अन्तिम अन्तिम तिर मौंसममा पनि थोरै परिवर्तन भयको थियो।साँझको बेलामा चिसो चिसो महेशुर्ष हुन्थ्यो।त्यसैमा पनि चिसो र मसिनो सिरिटोले सप्रस गर्दै गरेकोले कान्तिले आफ्नो चुन्निलाई टाउकामा लपटेकी थिई।फुर्शे भने भर्खर रेखि बसेको कलिलो युवा प्रेममा अनाडिनै थियो।कसरी प्रेमिका सँग बिचारको सन्तुलन मिलाउँनु पर्छ त्यसबारे अनभिज्ञानै थियो।
“भई परेका हालत सँग शंर्घष गर्नेछौँ तीमि निराश नभए हामिले ठुलो ताले घर बनाउँन नसकेपनि एउटा सानो झोपडि बनाउँला त्यँहा तिम्रो हाम्रो जीन्दगिको सुरुवात होलान,केहि तित्ता मिठा अनुभबहरु संगालौँला!
फुर्शेले कान्ति सँग भन्दै उस्को कपाल मसमसाउँछ।उ फुर्शेको नजिकै बसेर फुर्शे तिर ढल्केकी थिई,चुपचाप उस्का मिठा मिठा कुरा सुन्दै कल्पनामा पौडिंदै थिई।कतै यो सपना त होईन?कि साँच्चै हो?आफै सँग प्रश्न गर्दै आफ्नै हातलाई चिमुटेर सदर गर्न खोज्छे।भर्खर संगारमा पुगेको बैंस सोह्र बर्षमा टेकिसकेकि थिई फुर्शे पनि करिब १८-१९बर्षको युवा थियो।यो बेलामा डर भन्दा जोसले भरिएको मन हुन्छ।उनिहरु यसरी बसेको कसैले देखिहाल्यो भने केहोला त्यस बारे यि दुबैलाई हेक्का थिएन।
कान्ति र फुर्शे कुनै बेग्लै जातका त थिएनन फरक थियो त धनि र गरिबको बिचको तगारो।फुर्शे एउटा हलि थियो भने कान्तिका बा प्रस्त जमिन भएका जमिदार थिए।गाउँ सानो भएपनि शुन्दर गाउँ र शिक्षित मानिसहरु बसोबाश गरेका थिए।रघु प्रसाद त्यो गाउँका सबैभन्दै धनमान मध्यका जमिदार हुँन।फुर्शे र कान्तिको बिच केहि मैना देखिनु अफेर चल्दै थियो।उ आफ्नो आमा बाकि एउटै छोरी थिई।कसरी हाम्रो मिलन हुन्छ?त्यहि सोंचमा फुर्शे र साहिद कान्ति पनि थिई।तर त्यसबारे एक आर्का सँग कुरा हुँदैन थ्यो।
उनिहरुले दिउसमा देखेको यो सपना पुरा हुन र नहुनपनि त सक्छ।तर फुर्शेलाई सतपर्तिश नै सपना साकार हुन्छ भन्ने लागेको थियो।धनी रघु प्रसाद अत्यान्तै चलाख बिचार भएको ब्याक्तित्व हो।उस्कि एउटी छोरी मात्रै थिई।
एकदिन रघुप्रसादलाई आफै बोलाएर कुन्ति कि आमाले भन्छिन”सुन्नुस त हिंजो आज कुन्ति कताकता सुर्ता हराएकी जस्तै लाग्छे,सोध्दा मलाई केहि भन्दिन!कान्ति कि आमाले भन्छिन।होला केहि समस्य तिमि आफैले सोध मेरो खासै फुर्सतपनि छैन हिंजो आज!भन्दै रघुप्रसाद संघार काट्छन!उन्लाई कतै मिटिङ्ग मा जान थियो।
उफ श्रीमान पनि त उस्तैछन भोलि केहि तलमाथि भयो भने केहोला!भन्दै कुन्ति तिर लम्किन्छिन।कुन्ति स्कुल जानकको लागि तैयार हुँदै थिई अहिले दश पास गरेर भर्खर एघारमा नाम लेखाएकी कुन्ति अलि लजालु स्वाभावकी थिई।कलकलाउँदो बैंस हिष्टपुष्ट ज्युडाल गोरो बर्णकी कुन्ति अति शुन्दर थि।आमालाई आएको देखेर कापी छिट्टै बन्द गर्छे र बैगमा राख्छे।कुन्ति तंलाई बिसञ्चो ता छैन?हिंजो आज तिमिमा अलि फरक स्वभाब देख्छु?आमा मलाई केहि पनि त भयकोछैन हजूर त.!आमाको कुरालाई बिचमानै काटेर उत्तर दिन्छे।”कसरि सोधुँ म यो केटि सँग”मनमनै कुरा खेलाउँछिन।स्कुल बाट कतै नजानु सिधै घर आउँनु बुझिस?हुन्छ आमा!भन्दै त्यो पनि संघार काट्छे।
एउटा औलाद भएपछि अलि लाड्लानै हुन्छन,रुपालिले उ गयको बाटा तिर अलिवेर नियालि रहन्छिन त्यो अब अदिश्य भैसकेकि थिई तर रुपालि उतै एकोहोरो भएर आँखा पनि नझम्काई ट्वाल हरिरहिन।आमाको जात उफ.भन्दै मनैमन भित्र पसिन।
बजै ए बजै!तल्ला घरे झिल्केकी बुहारीले आवाज लगाईन!केभयोर चिच्याएकी?रुपालीले सोधिन।एकछिन तल आउलनुस छिट्टै!झिल्के कि बुहारीले बोलेपछि उनि तल्ला घर झर्छिन नजिकै थियो।भन केलाई हो बोलाएको?मैले हजूरको छोरी र फुर्शेलाई हिंजो सँगै बसेको देखेकि थिएँ!को फुर्शे हो?तपाँईको खेतालोको कुरागर्छु के मैले!त्यो त मैले फुर्शेलाई अर्नि दिन पठाएकी हुँ आफै!झिल्केकी बुहारीको कुरा काट्दै रुपालिले भन्छिन।एए हो!मत अर्कै संझेर अब कान्ति तरुनी भैसकेकीछ नी अलि होश पुराउँनु होला!भनेर आफ्नो कुराको बिट मार्छे।रुपाली भने कुनै उत्तर नदिएर उस्को कुरा नसुनेको जस्तै गरि घरफर्किन्छिन।यो कुराले रुपालीको हृदयमै गएर लागेको थियो। त्यँहा टालटुल गरेपनि मनमा अलि पहिले देखिनै सङ्का लागेकोथियो।यस्तै दिनहरु बित्दै गए।एकदिन फुर्शे अचानक हरायो त्यो कहाँगयो कसैलाई थाहा भएन।धेरैजनाले त्यो भागेर लाहुर गयो पनि भने तर उस्को अत्तो पत्तो लागेन।जमिदार रघुप्रसाद ले फुर्शे भाग्यो अनि केही पैसा लिएर भन्दै जता कतै भन्दै थिए।
मं सँग मागेको भयपनि त हुन्थ्यो घरको घरको शंदुकनै लिएर फरार भयो मुर्दार भन्दै चिच्याएर छोरीलाई सुनाई रहंथे।ताकि कुन्तिलाई फुर्शेको घर्णा हौश भन्ने रुघुप्रसादले चाहान्थे।तर कान्तिलाई आफ्नो बाबाको भनाईमा बिस्वासथिएन।आखिर फुर्शे कता गयो यो रहश्य रहश्यनै भयो।कान्तिले पनि आफ्नो जिवन लिला समाप्त गर्ने निर्णय गर्छे फेरी सोंच्छे केथा कतैबाट फुर्शे आईपो हाल्छकी!यो आशमा कान्ति बुढी भैसकि रुघुप्रसाद मरिसके तर फुर्शे मर्दो ज्युँदो रहश्य बनिरह्यो।अहिले यो कंकालले कसैकसैको मष्तिकमा संका उब्जाएपनि यति बेला कोई बोलेन सोधपुछ भयो।अनि रामेले त्यो मानव कङ्काल लाई लगेर सतगत गरे।फर्किएर आफ्नो काम सुरु गय्रो।न त्यो फुर्शेको रहश्य खुल्यो न कङ्कालको रहश्य खुल्यो।(कथा का पात्र काल्पनिक हुँन कसैको नामहरु मिल्न गयमा मात्र सयोँग हुनेछ।)

चर्चामा

सम्बन्धित समाचार