शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • हिन्दु नेपाली नारीहरूको महानपर्व हरितालीका तीज बझाङमा विधिपुर्व सम्पन्न

हिन्दु नेपाली नारीहरूको महानपर्व हरितालीका तीज बझाङमा विधिपुर्व सम्पन्न

  • शुक्रबार, भदौ २५, २०७८
हिन्दु नेपाली नारीहरूको महानपर्व हरितालीका तीज बझाङमा विधिपुर्व सम्पन्न

शिवजी मण्डेल/ बझाङ — हिन्दु नेपाली नारीहरूको महानपर्व हरितालीका तीज बझाङमा विधिपुर्व सम्पन्न भएको छ । आज बझाङ जिल्लाका अधिकांश मठमन्दिरमा नारीहरूले भगवान शिव पार्भतीको पुजाआराधना र विभिन्न ठाउँहरूमा नाचगान रमाइलो गरि तीज मनाएका हुन् ।
बिहान व्रत बसेर बेलुकी पख पुजागरि तीज समान गर्ने चलन रहिआएको छ ।
पहिलाको वर्षहरूमा तीजको दिनमा विभिन्न कार्यक्रम गरिदै आएको भएपनि यो वर्ष भने कोरोना कहरका कारण कुनै कार्यक्रम नहुँदा पहिलाजस्तो रमाइलो नभएको छबिस पाथिभेरा गाउँपालिका १ की कल्पना कठायतले बताएकी छन्
पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तिज जोडिएको सदरमुकाम चैनपुरमा बस्ने सुनिता मण्डेलले बताएकी छन् ।
महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन रहेको अर्की चैनपुरमै बस्ने मनिषा खड्काले बताइन्
शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको संंस्कृतिविद् बताउन्छन ।
हरितालिका तिजको प्रसङ्ग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो ।
जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथीहरु भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान विष्णुसंग पार्वतिले विवाह गर्न नमानेपछि साथीहरुले जंगलमा लुकाउन लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।
तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गरेका पनि छन् ।

चर्चामा

सम्बन्धित समाचार