बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाज
  • बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

  • मङ्लबार, भदौ १५, २०७८
सेयर गर्नुहोस् :
बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो।
बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार