• होमपेज
  • विचार/ब्लग
  • एमालेको बिभाजनको दोशी को?

एमालेको बिभाजनको दोशी को?

  • शुक्रबार, भदौ ४, २०७८
एमालेको बिभाजनको दोशी को?

सुरेशकुमार पान्डे — अहिले एमालेमा आधिकारिक रुपमा बिभाजन भयो।माधव र खनालले नयाँ पार्टी समाजवादी बनाए।अब जब कि पार्टी फुटिसक्यो बेग्ला बेग्लै पार्टी बनिसके।त्यसपछि त्यो पार्टी फुटाउँने मुख्य दोशिकोहो?त्यसबारेमा छलफल बाद बिवाद चलेकोछ।
यसबारेमा भन्नुपर्दा सर्वप्रथमा एमाले कहिले फुटेको हो त?यो प्रश्न आउँछ। धेरैले पार्टी अहिले फुट्यो भनेकाछन धेरै जसोले यसको दोशि ओलिलाई दिएकाछन।तर वास्तबिक भन्नुपर्दा एमाले धेरै पहिलि फुटि सकेको थियो।त्यसमा कयौँ गुट उपगुट बनिसकेका थिए।जब पार्टि भित्र गुट उपगुटहरुले आ-आफ्ना एजेण्डमा केद्रित भयर मूल एजेण्डाको वास्था गर्दैनन् सम्झिनुस पार्टी फुटि सक्यो।
त्यो बेला पार्टी भित्र त्यसको शमिक्षा भएको भए साहिद एमालेमा फुट हुँदैनथ्यो होला।त्यसकारणले एमाले फुट्नुमा शिर्श नेताहरु मध्यका एक आद अपवाद छाडेर सबै दोशिछन।उनिहरुले सरकारमा एमाओवादी सँग तालमेल र पाल्टी एकता गरिसकेपछि त्यो भित्र कयौँ गुट उपगुटहरु बन्दै आएकाथिए।हुन त एमालेमा त्यो भन्दा पहिलेपनि गुटहरु मा बिभाजन हुँदै आएको भेटिन्छ।
त्यसैको परिणाम पार्टी सरकारमा छँदै त्यो भित्र दुई तिन गुटहरु बनेर खुल्लम खुल्ला बाहिर आए।सरकारमा आफै बिपक्षमा आफै भएको कुरा कसै बाट लुकेको थिएन।त्यो बेला पार्टीलाई जोगाउँनुपर्छ अहिले एमालेमा फुट हुन्छ भने त्यो स्वाम एमाले र देशको हितमा पनि हुनेछैन भन्दै नेकपा मसालले आपसमा बार्ता गर्न पनि सुझाव दिएको थियो।ओलिले संसद बिघटन गरिसकेपछि पनि वाम तालमेल गर्नुपर्छ भन्दै आएको कुरा कसै सँग लुकेकोछैन।
वास्तबिक रुपमा पार्टी फुट्नु गलतनै हो खास गरेर वाम पन्थिहरुको बिचमा धुर्विक्रण हुँनु आफैमा एउटा ऐतिहाशिक बिषय हुन्छ।जो प्रतिकृयावादी शक्तिको लागि टाउको दुखाउँने बिषयहो तर स्वायम आफै कम्युनिष्ट भनौदाहरु प्रतिकृयर्यावादी भन्दा कम नभय पछि उनिहरु आपसमै एक आर्काको दुश्मन जस्तो भए।
उनिहरुको बिचमा फुटको श्रोत केहो?फुटको श्रोत भनेको सत्ता कुर्चि र मन्त्रि आदिहो फुटको श्रोत उनिहरुको सैधान्तिक हुँदैहोईन यि सिधान्तमा पतित भएका नेताहरु राजनीतिका वास्तबिक सौदागर हुन त्यो फुटको श्रोत सत्ताको घाटा नाफाको गणितहो।
अहिले उनिहरुको बिचमा पार्टी बेग्ला बेग्लै भएपछि बल्ल बुद्धिजीवीहरुले पार्टी किन फुट्यो नफुट्नु थ्यो भनेर फुट्नुको श्रोत खोज्दैछन।यो ठिक त्यस्तै हो जस्तोकि बिमार हुँदा सम्म चुपचाप बस्ने कुनैपनि उपचार नगर्ने अनि मरेपछि किन मय्रो थई भनेर अपसोच जाहेर गर्दै पोस्टमार्टम गर्ने ब्यबहार।यदि ज्युँदै उनिहरुको उपचार हुन्थ्यो भने उनि बाँच्न पनि सक्थे तर अब मरिसकेपछि त औषधि उपचार को त कुरै भयन मात्र पोष्टमार्टम गर्नुमात्रै हो।
राजनीतिक पार्टीमा खासगरेर नियमित रोग लागेको छकि छैन भन्नेवारे शमिक्षा गर्दै गर्नुपर्छ।त्यसैले लेनिनले आत्मलोचना र आलोचनमा ब्यपक जोड्दिएकाछन।उन्ले आलोचक लाई डाक्टर र आलोचितलाई रोगिको शंज्ञा दिएकाछन।आत्म आलोचना आफुले आफै ईमानदारिका साथ गरेको गलतिको बारेमा शमिक्षा गरेर आईन्दा नगर्ने प्रतिबद्धता गर्नुहो भने।आलोचना एकजना मित्रलाई रोग बाट जोगाउँने उदेश्यले गर्ने प्रकृयाहो।तर अहिलेको अबस्थामा त्यो लेनिनवादी प्रतिबद्धता दुबैमा फरक फरक देखिन्छ।पहिलेता आत्मलोचना र आलोचनाको बुँदालाईनै धुमिल बनाइयो।आत्मलोचनाको ईमानदारीता छैन।एउटा गलति लुकाउँन उनिहरुले अरु धेरै गलति गर्ने गर्नथाले।जस्ले आलोचना गर्छ त्यो उस्ले दुश्मनको ब्यबहार गर्छ।आलो चना गर्नेले उस्लाई सुधार्ने खालको आलोचना गर्दैन उस्लाई नग्गाउने खालको आलोचना गर्न थाल्यो।दुश्मनलाई गर्ने ब्यबहार र आलोचना खेप्नेले उस्लाई दुश्मन शंझिनाले अब पार्टी पंक्तिमा आत्मलोचना र आलोचना लेनिनले भनेको जस्तो डाक्टर र रोगि रहेनन्।वास्तबिक रुपमा यसरि ढाँचागत बिमारी जन्मियो।अर्को पार्टी कम्युनिष्टको लोँगोमा सिम्टियो कम्युनिष्ट रहेन।त्यसकारण पार्टीभित्र जे हुन्छ त्यो भित्र रहदैन र बाहिर आएपछि त्यो ब्यापकरुपमा फैलिईन्छ।एकप्रकारले अराजक प्रकारको ब्यबहार खुल्लम खुल्ला एक आर्काको आलोचना आदि गर्दै हिंड्दा त्यो रोगिको नै बिकाश भएर पार्टीभित्र पहिरो जान्छ।
पार्टी यदि कम्युनिष्ट क्रन्तिकारी छ भने त्यसमा समय-समयमा आएको क्रान्तिविरोधी बिचारले गर्दा कयौँ पल्ट पार्टीबाट निस्किन्छन जान्छन त्यो एउटा पक्षहो त्यसमा सैधान्तिक ब्यबहारिक बिषय भित्र अवसरबादी बिचार प्रचुरमात्रामा रहँदै आएको हुन्छ र बेलाबेलामा त्यो उछुट्टिन्छ त्यसलाई अस्वाभाबिक पनि मान्नु हुँदैन।अहिलेको यो पुँजिवादी युगमा सर्वहारावादी दृष्टीकोण धेरैलाई अपच हुन्छ।तर एउटा कम्युनिष्टको बेच मात्र भिरेको पाल्टीलाई त्यो रुपमा हेर्नु नै हुँदैन।यिनिहरु घोषित रुपमा पुँजिवादी र प्रतिकृयावादी नभैसकेता पनि बाटो उनिहरुले त्यहि छोपेका हुन्छन।
कतिपय अवसरवादी शक्तिहरुमा पार्टीको एकिकर्ण गर्नु अर्कोको अस्तित्वलाई समाप्त पार्नुनैहो भन्ने उनिहरुको बेलाबखतको ब्यबहारिक पक्षले पुष्टीगरेकोछ।
एउटा पर्टी अर्का सँग एकता भयो भने दुबै गुट रहिरहने र अर्को दुबैबाट गुट हुनुहुँदैन भनेर अर्को गुट जन्मिने गर्छन।त्यहि भईरहेको हुन्छ।भाहिर थुतुनो छ भन्दैमा जेमनमा आयो त्यहि बोल्ने अनि कतैबाट आलोचना आयो भने भित्र माफि मागेँ भनेर चोखिने।कयौँ पार्टी कार्यक्रताहरुको त्यस्तो बानिनै बसेकोछ।उनिहरुले आफुजस्तै दलाल मानसिकता भएका नेत्वमा भएकाको चम्चागिरिगरेर आफ्नो उल्लु सिधा गरेका हुन्छन।र बाँकि कार्यक्रताले ठिक बेठिक छुट्टाउँन सक्दैनन् कतिपयले माथिल्ला कार्याक्रता को चम्चागिरि गर्ने भय अरु केहि चाहाँदैन।अनि त्यसको परिणाम उनिहरुले जानि नजानि जोगाएको नेता बन्छ र उनिहरको लागि पनि गलत त छँदैछ त्यो भन्दा गलत तिनिहरुले जस्लाई राम्रो गरेर जोगाएका हुन्छन त्यो ब्याक्ति रोग गरस्थ हुन्छ र अन्तिममा लाईलाज हुन्छ।जेहौश संगठनमा मानिसहरु यसरी पतन र यिमानदार हरु पनि यसरी सिथिल हुन्छन।वास्तबमा अन्जानमा भएका गलतिहरुलाई सहर्ष स्विकारेर जान केको दुःख?तर उनिहरु जानबुझेर  गल्ति गर्दै र लुकाउँदै अगाडि बडेका हुन्छन।
एमाले बिभाजन हुनुमा ओलि त दोशि छँदैछन तर त्यँहा भएका सम्पुर्ण नेताहरुको टिमनै दोशीछ।न त्यो अहिले फुटेको हो अब उनिहरु मध्य कुन पार्टीले कस्तो बाटो छोप्नेछ त्यसबारेमा आउँने दिनहरुमा देखिएला।

चर्चामा

सम्बन्धित समाचार