शिवजी मण्डेल/बझाङ —बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ का वडा अध्यक्ष पदम बहादुर मण्डेलले मास्क वितरण गर्नु भएको छ ।
आज बिहान सुर्मा सरोवर जाने भक्तजनहरूलाई आफ्नै लगानीमा उक्त मास्क वितरण गर्नु भएको हो ।
सुर्मा देवी बिरीजात मेलामा सुर्मा गाउँपालिका ४ ले भक्तजनहरूलाई मास्क लगाउन अनिवार्य गरेपछि उक्त मास्क वितरण गरेको अध्यक्ष मण्डेलले बताए ।
उनलेे भने कोरोना कहर कायमै रहेकाले कोरोना बाट बच्ने उपाय मास्क पनि भएकाले १ सय वटा मास्क वितरण गरेको हुँ ।
छबिस पाथिभेरा गाउँपालिका ७ घट्टेगाउँका लगाएत अन्य भक्तजनहरू १ सय जनालाई पुग्ने मास्क वितरण गरेका हुन् ।
बिरीजात मेला सुरु भएपछि एकादसिका दिन हिजो उबासु पर्व मनाइएको र उबासु मनाएको भोलिपल्ट आज सुर्मा सरोवरको यात्रामा सुर्मा देवीका आलिपालि हिंडेका छन् ।
सुर्मा देवी बिरीजात मेला श्रावण महिनाको औंसीबाट सुरु भएर पुर्णिामा सम्म लाग्ने गर्दछ ।
यो मेला १५ दिनसम्म टिक्ने गर्दछ ।