सुरेशकुमार पान्डे– लैजानुस हजूरको ठेली हामिले कुनै राजनीति गर्नु छैन।गाउँमा काम नपाएर काम गर्न भनि आएकाहौँ हामिहरु!एउटा भाईले आक्रोसित भएर उमेसको हातमा भयको संगठानको सदस्याता प्याड खोसेर मिल्काउँदै भन्छ।त्यँहा भएका केही मज्दुरहरु गिलिलिलि हाँस्छन।भयो नलिनुस सदस्याता लिनैपर्छ भन्नु त छैननी तर एसरी अपमान पनि नगरौँ साथि!उमेशले बढो न्रम स्वभावमा भन्छ।उ रिसाएको थिएन बरु उस्लाई आफ्नै पुरानो दीन सम्झना हुन्छ।”म पनि त केहि बर्ष पहिले यसरीनै रिसाउँथे,ठिक त्यहि प्रकारले यिनी भाई रिसाए आखिर कुरा बुझेपछि एकदिन सक्रिए हुनेछन”उमेशले आफ्नै मन मनै भन्छ।
जानुश यँहा कसैले लिदैनन सदस्याता!भन्दै अर्को ठिटाले त्यो पैड उठाएर उमेशको हातमा राख्दै भन्छ।भाईको घर का होला नी?ठेली छोप्दै उमेसले सध्छ।मेरो घर रुपेन्देही पुरोनो गुल्मिहो अनि हजूरको?त्यो भाईले सोध्छ।मेरो घर दाङ हो!अनि मेरो नाम उमेश हो,म यो संगठनको पुरानो कार्याक्रताहुँ,मेरो संगठन गर्नु पेसा भने होईन तर बाध्यताहो!केमत्लब हजूरको बुझिन मैले?त्यो नौजवनले प्रश्न गर्छ त्यँहा उभियको उमेशलाई बस्न ईसारा गर्दै!खुट्टा पाट्टिएका होलान एकछिन बसौँ।त्यो नौजवन त्यही राईस मिलको चौकिदार थिए।उमेश नजिकैको कुर्चिमा बस्छ अरु मज्दुरहरु पनि बसेका थिए त्यो उमेसको हातबाट प्याठ खोसेर फ्याक्ने बिर्खबहादुर भने उतिखेरै निस्किएर गयो त्यो फेरी आएन।
त्यो सेलरको चौकिदारले केहि कुरा बुझ्न चाहिरहेको जस्तो उमेशलाई लाग्यो।उमेश पुरोनो संगठनको जिम्मेवार समाजिक कार्याक्रता थियो।हरियाणाको एउटा कमपनिमा काम गर्थ्यो रवी बारको छुट्टीवाला दिनमा संगठनको सदस्यता अभियानमा हिँडेको थियो।आज बिहानै देखि हिँडेको दुई बजिसकेको थियो तर उस्लाई कत्ति कामियाबि मिलेको थिएन।जँहा गएपनि यस्तै खाले नेपाली श्रमिकहरु भेटिन्थे यो सहरमा संगठ हुनुपर्छ भन्ने कुनैपनि भेटिएन।अहिले यो नौजवनको कुरा सुन्दा केही फाईदा पुग्ने आँशिक सम्भावना देखेपछि त्यँहा बस्छ।
हजूरको शुभ नाम केहोला?म घले हो दाई घले वीक यो सेलरमा चौकिदारी गर्छु।मलाई यो राजनीति गर्ने मन लाग्दैन।उन्ले भने!घले ज्यु पहिलो कुरा हामी राजनीति भन्दा पनि नेपाली श्रमजीवीहरुको एकता हुनुपर्छ भनेर सबै साथिहरुलाई एउटै झण्डाको मुनि उभ्याउँन खोजेका मात्रैहो।हामि आर्काको देशमा आएर काम गर्ने गर्छौँ हामीलाई कजाएर तलब नदिएपनि एक्लैले के गर्न सक्छ?यदि हामि सबै मिल्यो भने त मालिक पनि डराउँछ होईन भन्नुस त?उमेशले भन्छ।हो त्यो त हजूरले ठिक भन्नु भयो।
अँस्ति घाउडा दाईलाई बिना तलब नोकरी बाट हटाई दियो मनेजरले त्यो दाई सेलरको बाहीर बसेकोछ।हिन्नुस मैले देखाई दिन्छु बिचरा परिवार समेत त्यो दाई काँ जाने?हिँड्नुस झौँ!भन्दै ति सबै मज्दुरलाई लिएर उमेश सेलरमा जान्छ।त्यो सेलरको मालिकले धेरै मान्छे देखेपछि अनुमान लगाउँछ ओहो यो त बहादुरको पक्षमा आएको लस्कार हो।
डरले!बहादुर!भन्दै भित्र बोलाउँछ उत्तिबेरमै उमेशहरु गै पुग्छन।मालिकले उमेशलाई देखेपछि बस्न कुर्सी टकार्छ।उमेश को बोलि चाली अनि ब्यबहार बाट उ अलि उपल्लो स्तरको महेशुर्ष गर्छ।दुबै हात जोडेर भाई जी मनिजरले गलति गरेछ यो बहादुरलाई निकालेछ हामिले यसलाई हटाउँदैनौँ।बरु पचास रुपियाँ मासिक बडाई दिन्छु छाडेर नजा भन्दै बिन्ति गर्छ।अनि उले गरेको दुई मैनको तलब उतिबेलानै हिसाब गर्दिन्छ।यो देखेर तिनि मज्दुरहरुलाई एकताको बलको बारेमा ज्ञान पलाउँछ।ति सबै जानाले सदस्याता लिन्छन र उनिहरुलाई उमेशले सैधान्तिक पाठ सिकाउँछ।देख्नुश भाई बिदेशमा हाम्रो पक्षमा बोल्ने कोहीपनि छैनन् हाम्रो हित हकको रक्षा शुरक्षा गर्ने जिम्मा पनि हामिहरुको हो।हाम्रो एकता भयोभनी मात्र हामिले आफ्नो अधिकार प्राप्त गर्न सक्नेछौँ।एउटा लाई मालिकले हप्कि दप्कि गर्न थाल्यो भने सबै उस्को पक्षमा मालिकको बिरुद्धमा एकजुट हुनुपर्छ।भन्दै साथिहरु लाई आफ्नो परिचय दिदै दुःखको बेलामा सम्प्रक गर्ने नम्बर दिदैँ बिदा हुँन्छ।
केही दिन पछि छबि जो त्यो राईसमिलको चौकिदार थियो को फोन आउँछ।हैलो!भाई नमस्ते म उमेस बोले हजूरको?सर म छबिलाल बिक हजूर!भन्नुस के काम पय्रो?सर यँहा आउँनु पय्रो त्यो बिर्ख बहादुरलाई पुलिसले छोपेर लग्यो।उता बाट छबिको घबराएको आवाज आउँछ।नडराउँनुस म छिट्टै हजूरकाँह आउँछु भनेर उमेशले कुराको बिट मार्छ।एकजना साथिलाई सँगै लिएर उमेश छबिलाल को राईस मिल्शमा पुग्छ।त्यँहा गएपछि बिर्खबहादुरलाई मालिकले पुलिसलाई दिएको कारण राईस मिल्समा भएको चोरी थियो।राईस मिल्स बाट चाँवला दुईटा बोरी चोरी भयपछि त्यहि आरोपमा पुलिसलाई मनिजरको सिकायतमा पठाएछ।मालिक सँग बार्ता गर्दा-देख भाई मैलै त्यो बिर्ख बहादुरलाई चौकिदार राखेको बतौर तलब दिएर तर मेरो मिल्समा चोरी भयो भने त्यसको जिम्मेवार त्यो नभयर को हुन्छ?मालिकले कुरा टुङ्गायो।उ रिसले मुर्मुराएको थियो।
सर हुँन सक्छ त्यो निर्दोश होला!निर्दोश कसरि हुन्छ चौकिदार?कसैको डरले नभनेको पनि त हुन सक्छ।त्सलाई ठाना बाट निकालेर सोधौँ!उमेशले भन्छ।मालिकले रिसैको झोँकमा हिँड मसँग भन्दै कारमा बसालेर उमेशलाई ठानामा लैजान्छ।त्यँहा गहन सोध पुछ गर्दा बिर्खबहादुरले आफुले न चोरेको भताउँदै रुन्छ।अनि आफु नभयको बेला हराएको हुनसक्ने कुरा गर्छ।
उस्लाई छुडाएर सेलरमा ल्याउँछन सेलरमा भयका सबै कारिन्दा लाई बोलाउँछन।अनि एकजनाले त्यँहा बाट दुई बोरा चामल मनिजरको केन्टरमा रखाएका कुरा गर्छन।उति बेलानै मालिकले मनिजरलाई बोलाउँछ।अनि उस्को खिलाफ कम्पलैन्ट गरेर उस्लाई नोकरी बाट निकाल्दै बिर्ख बहादुर सँग माफि माग्दै उस्को तलब बडाई दिन्छ।
यसरी त्यो सहरमा एकता समाजमा मज्दुरहरु जुट्छन सँगठन बलियो हुँदैजान्छ।अहिले त्यँहाका मज्दुरहरुले देशबिदेशको राजनीतिक बिष्लेषण गर्ने क्षामताको बिकास गरेकाछन।र भन्छन राजनीतिक गर्नको लागि सबै भन्दा बलियो शिक्षा समाजिक कामले दिन्छ।जस्ले जमिनमा उभिएर राजनीतिक शिक्षा लिएको हुन्छ त्यसले कहिलैई गधारी गर्दैन देश र जनता सँग।आफु जस्तै गरिब सँगको एकताले बर्गशंघर्ष को पाठ सिकाउँछ।