धेरै कुरा सिके जिन्दगिमा जब स्वास्थ्यकर्मी भएर जनताको सेवामा लागे, हुनत नेपालसरकारको नाथे कर्मचारी भित्रको थाङ्ने स्वास्थ्यकर्मी भएरपनी होला मलाई लाग्छ सरकारको आँखा कहिले पनि स्वास्थ्य कर्मचारी र स्वास्थ्य क्षेत्रमा फराकिलो तरिकाले पर्न नसकेको तेहि भएरहोला किनकी हामी त्यो कालो रातभित्र बिना उज्यालो कामगरी जनताक निभेर अध्यारो भएका अाँखामा उज्यालो भरी, हरायको ओठको मुस्कानलाई फर्काउन, गुमाइसकेको आसालाई “फलामले-फलामलाई काट्छ” भनेझै निन्याउरा भएका अनुहार माथी उज्यालो फर्काइदिने भएको भएरै होला हुनत आफै साररिक अस्वस्थ/मानसिक रोगी भैई अझै आफुमा चिन्ता नगर्नुसहै तपाइलाई केहि हुनदिन्नौ भन्ने आँट हामि स्वास्थ्यकर्मिमा भएरै होला ।
रातैभरी नसुतेका राता-राता आँखा त्यसैमाथी हातमा देतो पञ्जाका (Gloves) धब्बा हरु, मास्क लगाउदा परेका राता अनुहारका डामहरु अनि धुलो फुस्रै शरीर बोकेर कोठामा छिर्दा-छिर्दै थकाइ मार्न ओछ्यानमा बस्नके लागेको दिनभरिको थकान भयर होला खाना बनाउने जोसपनी हराईसकेको अबस्था तेत्तिकैमा बिहान आफ्नै डिउटिमा जोर संख फुक्दैलगेका ती लास हरुको याद आउन थाल्यो अनि लाग्यो जिन्दगी के रैछ भन्ने तेहि आफू-आफैमा प्रस्न गर्नथाले अनि लाग्यो जिवन के रैछ बुज्नकोलागी स्वास्थ्यकर्मी बन्नुपर्ने रहेछ ।
तेत्तिकैमा आँखाहरु राता राता भै सकेका थिए एक्कासी छेउमा भएको मोबाइलको घण्टी बज्छ यसो हेर्दा घरबाट आमाले फोन गरेको हेर्दा हतार हतार फोन उठायो अनि आमाले भन्नुहुन्छ छोरा सुरक्षित भएर सेवा दिनु है आज फलानोको मृतु भयोरे, बिचारा बिना PPE बिना सुरक्षा आफै रोगले ग्रस्त भएपनी सेवामा खटियका हामी मनलाई सान्त्वना दिदै आमालाई हजुर पनि सुरक्षित रहनु, बेलैमा खाना खानु होला, भोकै नबस्नु, कमजोर भइएला, अँ तपाइलाई त ग्यास्ट्रिकको समस्या छ, समयमै सुत्नु अनि साउलाई भन्नू जसो तसो खाइ-नखाइ गरेर २-३ महिनाको तलव रु २०-३० हजार जोगाको छु अब १-२ महिनामा अलिकती भयनी चुहिने छानो टालेको, हजुरको उपचारमा लागेको अनि घरमा हजुरहरुले हातमुख जोर्ने जोहो गरेको ऋण तिरौला भनेर तेतिकैमा यस्तै यस्तै कुरा संगै केहिबेरमा फोन राखेर निदाउन खोजेको फेरि अस्पताल बाट फोनको घण्टी बज्छ इमर्जेन्सी बिरामी आयो तुरुन्त आउनुस भन्ने आवाजले लागेको निन्द्रा सबै हराउछ, हत्तपत्त मोबाइलको बत्तिको साहारमा त्यो मध्यरात निन्द्राले धपक्कै छोपेका राता आँखा मिच्दै झट्टहेर्दा फुर्तिलो देखिएको बाहाना बनाई दिनभरिको थकित शरीर लियर हतारमा दगुर्दै अस्पताल पुगेर बिरामिको उपचारमा लाग्यो ।
घरी-घरी त आफ्नै डिउटी सम्झेर महिना भरी यसरि दिन-रात नभनेर काम गर्दा आफ्नै ज्यानको बाजिलगाई कामगर्नुपर्नेमा दिक्क लाग्दै अन्त्यमा दैनिक गुजारा चलाउन नसक्नेहामी तेसै तलव बाट जिन्दगी जिउन सिक्नुपर्ने , घरमा आठ बजे सम्म फर्की फर्की सुत्ने बानिले होला हिजो आजका रातहरु बिरामिलाई चढायका पानीका थोपाहरुलाई गनेर बिताउन धेरै गारो भैरहदा, रातभरी कुरेर उपचार गरेको बिरामी बिहान आफ्नै आँखा अगाडि बाट जोडि संख फुक्दै लैजादै गरेको हेर्दा जिन्दगी के रैछ लाग्ने, काम बिगार्दा आमालेकुचोले हानेको छल्दै-छल्दै आमा संगै नै घुर्क्याएर खाएको खानाको महत्व बल्ल बल्ल थाहा पाउदै बाबाले एक वचन गाली नगरी हुर्कायको, आमाले मलाई कराउदा उल्टै आमालाई करायको आज यो शरीर आफैले सेवा दिएका बाट तुच्छ व्यबहार, गाली अनि झडप/कुटाई खेपेर जिउन सिक्नुपर्दा आफ्नो शरीरलाई जीवन र मरणको दोसादमा राखेर हरेक खतरा हरुको बाबजुत पनि निडर भइ जनताको उपचार र सेवामा लागिरहदा तिनै सेवा पछिका मुस्कानहरुले गर्दानै आजसम्म सेवा दिन टिकिरहेका छौ ।
[यदि म मरिहाले भनेपनि मेरो लासकोमाथी १ जोर वर र पिपल राखिदिनु बाँच्दा सेवा पुर्याउन सकेको रैनछु भनेपनी मरेपछिनै भयपनी अक्सिजन दिएर बचाउने कोसिस गर्नेछु ]
अन्तमा सबैलाई दुईहात जोडेर बिन्ती, सकिन्छ सबैले स्वास्थ्यकर्मी लाई सम्मान र सहयोग गर्नुस, यदि सक्नुहुन्न भने बिन्तिछ कसैलाई अपमानपनि नगरिदिनुस, सेवा गर्दा गर्दै कहिलेकाही हामी बाटपनी सानो तिनो गल्तित हुनसक्छ, हामी पनि तपाइहरु जस्तै मान्छेत हौ गल्ती तपाईं बाट पनित हुन्छ होलानी कहिले काहीँ हैनर ? हो हामिले पनि त्यो गल्तिलाई महसुस गरेका हुन्छौ , पक्कै पनि फेरि तीँ गल्तिहरुलाई दोहोरिने मौका दिनेछैनौ, तेसैले हजुरहरुले तेहि गल्तिको मौका छोपेर हामिपर्ती कुद्रिष्टी नराखिदिनुहोला सबैजना घरैमा बसिसहयोग गरिदिनुहोला, अस्पतामला कुरि-कुरि दिनरात नभनी हजुरहरुको सेवामा हामी लागेकै छौ , सुरक्षित रहौनुहोला , कुनै सेवाचाहिएमा सम्पर्क गर्नुहोला १२ बजे रातिको निस्कार अँध्यारोमा भएपनी हामी हजुरको सेवामा तयार छौ ।।