हाम्रो देशका नेताहरु नै बेलगाम भए,
जनता सदैभरी के खाम के लाम भए।
यो देशको सदियौँ देखुन बेहाल हुँदा,
पुरा देशका नगारिकहरु बद्नाम भए।
लाहुरे बाले छोरा डाक्टर बनायो त र,
बिना रोजगार छोरा उस्तै बेकाम भए।
बल्ल बल्ल खाडिमै पुरायो छोरा लाई,
यि दुई आँखामा आँसु सुभ साम भए।
केनैगर्न जान्यो सरकार दलाली बाहेक,
आसे पासे लाई पनि कता खटाम भए।
राज नीति लाई बिज्निश बनाए नेताले,
सन्तान लाई संसदमै कसरि पठाम भए।