बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको बौडीमा १५ बर्षसम्म पनि झोलङ्गे पुल बनेन

बाजुराको बौडीमा १५ बर्षसम्म पनि झोलङ्गे पुल बनेन

पुल नहुँदा १० बर्ष यता ३ जनाको ज्यान गयो

  • बिहिबार, बैशाख १७, २०८३
सेयर गर्नुहोस् :
बाजुराको बौडीमा १५ बर्षसम्म पनि झोलङ्गे पुल बनेन

बाजुरा–बाजुराको हिमाली गाँउपालिका ३ बौडीमा रहेको नेती खोलामा १५ बर्षसम्म पनि झोलङ्गे पुल निर्माण भएको छैन् । जिल्लाको सर्वाधिक विकटमा रहेको बौडीको नेती खोलामा पुल निर्माण नहुँदा स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएको छ ।

२०६७ सालमा निर्माण शुरु गरेको पुल १५ बर्ष बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र रहेको हिमाली गाँउपालिका ३ का पूर्व वडाअध्यक्ष ध्यान बहादुर रोकायाले बताएका छन् । गरिवी निवारण कोषले २ बर्षसम्म निर्माण गरिसक्ने गरि सम्झौता गरेको थियो । तर निर्माण शुरु गरेको झोलङ्गे पुल १५ बर्षसम्म पनि सम्पन्न नभएको तत्कालीन निर्माण समितिका अध्यक्ष रङ्गलाल लुवारले बताए ।

सदरमुकाम मार्तडीबाट एक साता लाग्ने त्यो खोलामा झोलङ्गे पुल निर्माणका लागि ४३ लाख २९ हजार ६ सय ६८ रुपैया लागत लाग्ने स्टमेटमा उल्लेख थियो । फेरि त्यो रकम पुल निर्माण हुन नसक्ने भन्दै ५१ लाख ७२ हजारको स्टमेट बनाएको थियो । २५ लाख बढी खर्च भए पनि अब पुल बन्ने कुनै योजना छैन् । त्यहाँ कुनै काम भएको वा गरिरहेको नाम निशाना समेत छैन् ।

पुल निर्माण नहुँदा केही पहिला नदी तर्ने बेला स्थानीय नौले रोकायाको मृत्यु भएको थियो । १० बर्ष यता नौले लगायत ३ जनाको मृत्यु भएको छ । बर्षादको समयमा काठेसाँघु बगाएर आवतजावत बन्द हुन्छ । हिउँदको समयमा पनि काठेसाँघुबाट खसेर ५ बर्ष यता मात्र १३ जना समेत घाइते भएको स्थानीय अगंलाल रोकायाले बताए । बौडी गाँउको कक्षा ८ सम्म पढाई हुने विद्यालय नेती खोला भन्दा पारी रहेको छ । पुल नहुँदा बर्षातका चार महिना विद्यालय बन्द हुने गरेको स्थानीय लाल बहादुर रोकायाले बताए । बच्चाहरु काठेसाँघु तर्ने नसक्ने र आवत जावत गर्न निकै जोखिम हुने भएकाले विद्यालय बन्द हुने गरेको बताए । पुल निर्माणका लागि पटकपटक पहल गर्दा पनि कतैबाट वास्ता नभएको उनले बताए ।

झोलङ्गे निर्माणका लागि गरिवी निवारण कोष मार्फत १६ लाख, गाँउपालिकाबाट २ लाख, जिल्ला समन्वय समिति बाट १ लाख खर्च गरिसकेको छ । त्यस्तै स्थानीयले एक घर बाट ६ हजारका दरले ६ लाख संकलन गरेर समाना खरिद समेत गरेको भएपनि पुल निर्माण कार्य भने अलपत्र अवस्थामा रहेको छ । त्यो रकमले अपुग भएपछि घरबाट संकलन गर्यौ, त्यसपछि कतै बाट सहयोग नभएपछि सामान ढुवानी र निर्माणका अलपत्र रहेको निर्माण समिति अध्यक्ष रङ्गलाल लुवारले बताए ।

पहिला सम्झौता गर्यो, गरिवी निवारण कोषले थप पैसा नदिँदा समस्या भएको उनले बताए । सामान खरिद गरेको ७ बर्ष देखि कोल्टी बजारमै अलपत्र रहेको थियो । त्यो बेला पटक पटक पुल निर्माणका लागि गरिवी निवारण कोष जिल्ला विकास समितिलाई आग्रह गर्दा पनि पुल नबनाएको हिमाली गाँउपालिका अध्यक्ष गाबिन्द्र बहादुर मल्लले बताए । खोलामा पुल बनाउनका लागि संघ र प्रदेश सँग समन्वय गरिरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार