
बाजुरा– नयाँ शैक्षिक सत्र आजदेखी औपचारीक रुपमा सुरु भएसँगै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । कतिपय विद्यालयहरूले भर्ना भएकै दिन विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन थालेपछि अभिभावक र विद्यार्थीमा उत्साह थपिएको छ । “यता भर्ना, उता हातमा किताब” पाउदा निकै खुसी भएको सदरमुकाम मार्तडी स्थित मालिका माबिका एक बिध्यार्थीले बताए ।
पहिलेका वर्षहरूमा भर्ना अभियान प्रक्रिया सकिएपछि पनि लामो समयसम्म पाठ्यपुस्तक नपाउँदा पढाइ प्रभावित हुने गरेको थियो अहिले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउदा निकै खुसी भएकाे बडीमालिका नगरपालिकामा रहेकाे मालिका मध्यामिक बिध्यालयमा अध्यानरत बिध्यार्थीहरुले बताएका छन । यस वर्ष शैक्षिक सत्र लम्बाइएका कारणले पनि धेरै विद्यालयहरूले समयमै पुस्तक व्यवस्थापन गरी विद्यार्थीलाई विद्यालयमै भर्ना गराउने र तत्काल किताब वितरण गर्ने अभियान थालेका छन् ।
मालिका माध्यामिक बिध्यालयका प्रधानाध्यापक सुभराज पाध्यायका अनुसार समयमै किताब पाएपछि विद्यार्थीको नियमित उपस्थितिमा सुधार आउने, पढाइप्रति रुचि बढ्ने तथा अभिभावकमा पनि विश्वास बढ्ने अपेक्षा रहेको बताएका छन । ग्रामीण क्षेत्रमा समेत विद्यालयहरूले घरदैलो अभियान, अभिभावक भेटघाट र प्रचार प्रसारमार्फत विद्यार्थी भर्ना गरिरहेका छन् ।
स्थानीय अभिभावकहरूले पनि भर्नासँगै आफ्ना नानिबाबुहरुले किताब हातमा पाउँदा राहत महसुस भएको बताएका छन् । “पहिले किताब कहिले आउँछ भन्ने चिन्ता हुन्थ्यो, अहिले छोराछोरी भर्ना गराउनासाथ किताब पाएँ,” मालिका माबिमा अध्यानरत बिध्यार्थीका अभिभावक राम बहादुर विकले बताए ।


