बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सरकारको पत्रपछि ‘विशेष कारण’ जनाउँदै संसद अधिवेशन स्थगन

सरकारको पत्रपछि ‘विशेष कारण’ जनाउँदै संसद अधिवेशन स्थगन

  • बिहिबार, बैशाख १०, २०८३
सेयर गर्नुहोस् :
सरकारको पत्रपछि ‘विशेष कारण’ जनाउँदै संसद अधिवेशन स्थगन

काठमाडौं– यही वैशाख १७ गतेबाट आव्हान गरिएको संघीय संसद्को अधिवेशन स्थगन गरिएको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन स्थगित गरेका छन् । शीतल निवासको विज्ञप्तिमा ‘विशेष कारणवश’ भनिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को बुधबारको सिफारिस बमोजिम १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका थिए । तर, आज अर्को पत्र पठाएर उक्त अधिवेशन रोक्न भनिएको स्रोतले बतायो । पत्रमा नयाँ मितिबारे केही खुलाइएको थिएन ।

आजको मन्त्रिपरिषद् बैठको सिफारिस बमोजिम अधिवेशन स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार