बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • गृहमन्त्रीसँग जोडिएका विषय छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

गृहमन्त्रीसँग जोडिएका विषय छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

  • मङ्लबार, बैशाख ८, २०८३
सेयर गर्नुहोस् :
गृहमन्त्रीसँग जोडिएका विषय छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबिचको कनेक्सन लगायतका सवालमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ । मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ ।

‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ’, एमालेले भनेको छ, ‘यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ – अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ । ’

गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने पनि एमालेको माग छ । ‘साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौँ’, एमालेको भनाइ छ ।

669625080_940872458818517_2769074334971747168_n

चर्चामा

सम्बन्धित समाचार