बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडी–कोल्टी ११ केभी प्रसारण लाइन मर्मतका लागि आज दिनभर विद्युत अवरुद्ध हुने

मार्तडी–कोल्टी ११ केभी प्रसारण लाइन मर्मतका लागि आज दिनभर विद्युत अवरुद्ध हुने

  • शनिबार, बैशाख ५, २०८३
सेयर गर्नुहोस् :
मार्तडी–कोल्टी ११ केभी प्रसारण लाइन मर्मतका लागि आज दिनभर विद्युत अवरुद्ध हुने

बाजुरा–  मार्तडी–कोल्टी ११ केभी प्रसारण लाइनमा मर्मत तथा बुस काट्ने कार्य गरिने भएकाले शनिबार विद्युत सेवा अस्थायी रूपमा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार मिति २०८३ साल वैशाख ५ गते शनिबार बिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म विद्युत लाइन बन्द गरिने जनाएकाे छ।

लाइन मर्मत तथा प्रसारण मार्ग सुरक्षित बनाउन बुस काट्ने कार्य गर्नुपर्ने भएकाले सो अवधिभर मार्तडी–कोल्टी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। निर्धारित समयमा सेवा बन्द हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ।

चर्चामा

सम्बन्धित समाचार