बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

  • शनिबार, बैशाख ५, २०८३
सेयर गर्नुहोस् :
कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न सकेन। बिहीबार नै चयन भइसक्ने तालिका थियो । तर शुक्रबार प्रक्रिया बल्ल अघि बढेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको नेताबारे लामो छलफल भए पनि निर्णय हुन नसकेको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन् ।

छलफलपछि दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक रसाइली स्नेहीले सहमतिमा नै दलको नेता चयनका लागि आकांक्षी र नेतृत्वसँग छलफल गर्ने र सहमति हुन नसके प्रक्रिया अघि बढाउने जानकारी दिए । दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेसहित अरू केही सांसदले दाबी प्रस्तुत गरेका थिए ।

अहिले कांग्रेस दलको नेताका लागि पाका नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दौडमा छन् । मोहन आचार्य र भरत खड्का पनि इच्छुक थिए । तर खड्कालाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाइएको छ। कांग्रेसले फागुन २१ मा निर्वाचित ३८ जना सांसदबाट पनि दलको नेता छान्न नसकेको हो । उसले निर्वाचनमा नगई सर्वसम्मतिमा दलको नेता छान्न गरेको प्रयास सफल हुन सकेको छैन ।

यदि थप अझै समयमा पनि सहमति नभएमा अब आकांक्षीबीच निर्वाचन गराउने तयारी छ। शनिबार सहमतिका लागि अन्तिम प्रयास गरेर निर्वाचनमा जाने तयारी भएको कांग्रेस सहमहामन्त्रीसमेत रहेका स्नेहीले जानकारी दिए । शुक्रबारको बैठकमा अधिकांश सांसदलाई बोल्न दिइएको थियो । उनले आजको बैठकमा २६ जनाले बोलेको बताउँदै थप सांसदले शनिबार बोल्ने अर्का नेता केसीले बताए ।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समिति र सांसदहरूबीच शुक्रबारको छलफलमा सहमति नभएपछि प्रक्रियामार्फत अघि बढ्ने जानकारी गराइएको छ । रसाइली स्नेहीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र बृहत् एकता कायम गर्न दलको विधान संशोधन गरिनेसमेत जानकारी दिए । निर्वाचित भएपछि सम्पूर्ण पदाधिकारीहरु पनि दलको नेताले चयन गर्ने व्यवस्थालाई परिमार्जन गर्ने विषयमा पनि पार्टीका सांसदहरूलाई जानकारी गराइएको उनको भनाइ छ ।

उनले दलको नेता चयनपछि विधान संशोधनको प्रक्रिया पनि सँगसँगै अघि बढाइने धारणा राखे । छलफलपछि कांग्रेस सांसद केसीले सहमतिमै दलको नेता चयन गर्न सदस्यहरूले जोड दिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार