बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कक्षा १२ को परीक्षामा बाजुराबाट एक हजार ३ सय बढी विद्यार्थी सहभागी हुदैँ

कक्षा १२ को परीक्षामा बाजुराबाट एक हजार ३ सय बढी विद्यार्थी सहभागी हुदैँ

८ वटा परीक्षा केन्द्र तोकिए (सूचीसहित)

  • मङ्लबार, बैशाख १, २०८३
सेयर गर्नुहोस् :
कक्षा १२ को परीक्षामा बाजुराबाट एक हजार ३ सय बढी विद्यार्थी सहभागी हुदैँ
फाइल तस्वीर

वैशाख १, बाजुरा–यस बर्षको कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार ३ सय बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । २०८३ वैशाख १४ गतेदेखि सुरु हुने बार्षिक परीक्षामा एक हजार ३८४ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि कायम गरिएका परीक्षा केन्द्र र सहभागी हुने विद्यार्थी संख्या सार्वजनिक गरेको छ ।

जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख लाल बहादुर बिष्टले बताएका छन् । उक्त परीक्षामा जिल्लाका ३० वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी हुने छन् भने प्रत्येक विद्यालयका लागि ८ पालिकामा परीक्षा केन्द्र तोकिएको छ ।

जसअनुसार बुढीगंगाको भानोदय मावि नौविस, बडीमालिकाको मालिका मावि मार्तडी, बुढीनन्दाको जनप्रकाश मावि कोल्टी, स्वामीकार्तिक खापर गाउापालिकाको स्वामीकार्तिक मावि वाई परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै खप्तड छेडेदहको मष्टेश्वरी मावि डोगडी, गौमुलको कीर्तिचौर मावि मानाकोट, त्रिवेणी नगरपालिकाको तोली देवलडाँडा तोली र जगन्नाथ गाउँपालिकाको कैलाश मावि महती परीक्षा केन्द्र तोकिएको जनाएको छ ।

यस्तो छ सहभागी विद्यालयका विद्यार्थी संख्या र परीक्षा केन्द्र सूची ।

May be an image of blueprint, ticket stub and text

May be an image of ‎blueprint and ‎text that says '‎सि.न. परीक्षा केन्द्र परीक्षामा सहभागी हुने विघ्यालयको नाम ठेगाना विद्यालय कोड न. परीकामा सहभागी हुने विद्यार्थी संख्या ७ तोली देवलडांडा मा.वि.तोली (६७०੧३) त्रिंवेणी न.पा. त्रिभुबनेध्वरी मा.वि छतारा, च्िवेणी न.पा. तोली देवलडांडा मा.वि.तोली, त्रिवेणी न.पा. मट्टेच्वरी मा.वि.पन्धरा, त्िवेणी न.पा. कैलाशस्वरी मा.वि.दम्या, त्रिवेणी न.पा.. 차굿 ६७००९ — ಲಿಂಳಿವ ؟ل ६७०१४ 93 जम्मा ६७०२० کا कैलाधा मा.वि. महती (६७०੧5) द ११७ ६७०१द طرع कैलाश मा.वि.महती, जगत्नाथ गा.पा. सरस्वती मा.वि डॉँडाकोट, जगन्नाथ गा.पा. रघुमाता मा.वि साप्पाटा, स्वामीकार्तिक खापर गा.पा. देवलकोट मा.वि. गोत्री, जगन्नाथ गा.पा. जगत्नाथ गा.पा. ६७०२२ 빛극 ६७०२३ ७ जम्मा ६७०२४ २३ कुल जम्मा १९३ १३५४ عدةا මාත්තී 六‎'‎‎

चर्चामा

सम्बन्धित समाचार