बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • क्रिएटर जोन एकेडेमीको चौथौं खेल मेला समापन

क्रिएटर जोन एकेडेमीको चौथौं खेल मेला समापन

  • आइतवार, चैत्र २९, २०८२
सेयर गर्नुहोस् :
क्रिएटर जोन एकेडेमीको चौथौं खेल मेला समापन

बाजुरा––बाजुराको सदरमुकाम मार्तडीस्थित क्रिएटर जोन एकेडेमीले आयोजना गरेको चौथों खेल मेला सम्पन्न भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ यहीँ चैत्र २७ गतेबाट सञ्चालन भएको चौथौं खेल मेला आज समापन भएको हो ।

नयाँ बर्ष २०८३ सालको शुभकामना व्यक्त गर्दै सो अवसरमा आयोजित उक्त खेल मेलामा महिला खुल्ला तथा पुरुषतर्फ (१९ बर्ष मुनी) भलिबल र पुरुष खुल्ला फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । खेल मेलामा सहभागी टिममध्ये छात्र भलिबल खेलमा आयोजक क्रिएटर जोन एकेडेमी प्रथम भएको छ भने भानोदय मावि बुढीगंगा द्धितीय भएको छ । यस्तै १९ बर्ष मुनीको फुटबल प्रतियोगीतामा प्रथम रानिवन स्पोर्स्ट क्लबको टिम भएको छ भने द्धितीय डिवाइसी गौमुल भएको छ ।

दुवै प्रतियोगीतामा विजेता तथा उपविजेता भएका टिमहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको जनाएको छ । भलिबल पुरुषतर्फ विजेतालाई नगद ३० हजार पाँच रुपैयाँ, उपविजेतालाई १५ हजार पाँच रुपैयाँ तथा भलिबल महिलातर्फ विजेतालाई २० हजार पाँच रुपैयाँ र उपविजेतालाई १० हजार पाँच रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको स्कुलले जनाएको छ । त्यस्तै फुटबल प्रतियोगीतामा विजेता बनेको रानीवनलाई २५ हजार पाँच र द्वितीय डिवाइसी गौमुललाई १५ हजार पाँच रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगीतामा उत्कृष्ट खेलाडी बनेका पुरुष भलिबलमा भनोदय माविका सर्जन चदारा, महिलामा बाजुरा क्याम्पस टिमकी सपना रोकाया र फुटबलमा रानीवनका हेमराज सुनारलाई सम्मानसहित प्रमाण पत्र प्रदान गरिएको छ।

जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको क्रिएटर स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको प्रिन्सिफल मिन बहादुर कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार