
बाजुरा--जिल्ल्ला अस्पताल बाजुरामा आइतबार ओपीडी सेवा बन्द रहने भएको छ । शुक्रवार जिल्ला अस्पतालले एक सार्वजनिक सूचना जारी गर्दै २४ शै घण्टा सञ्चालनमा रहेका सेवा बाहेकका अन्य सेवाहरु आइतबार बन्द हुने जानकारी दिएको हो ।
हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म ओपीडी, मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग, कुष्ठरोग क्लिनिक सहितका सेवाहरु बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म प्रवाह हुने छन् । यस्तै २४ शै घण्टा सञ्चालनमा रहने आकस्मिक, अन्तरंग, प्रसूति, ओसिएमसी, फार्मेसी, प्रयोगशाला, एक्सरे आदि सेवाहरु भने बिदाका दिन शनिबार र आइतबार सञ्चालनमै रहने अस्पतालले जनाएको छ ।
त्यस्तै शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदा भए पनि अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर सो दिन पनि ओपीडी सेवा सञ्चालन निर्देशन दिएको छ । शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको हो ।
तर जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले संघले प्रदेशलाई अनुरोध गरे पनि प्रदेश मन्त्रालयको सूचना नआउँदासम्म ओपीडी सहितका सेवाहरु सार्वजनिक बिदाका दिनमा बन्द रहने बताए ।
यस्ताे छ सूचना ।



