बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आज देशभर बदलीसँगै हावाहुरी र वर्षाको सम्भावना

आज देशभर बदलीसँगै हावाहुरी र वर्षाको सम्भावना

  • आइतवार, चैत्र २२, २०८२
सेयर गर्नुहोस् :
आज देशभर बदलीसँगै हावाहुरी र वर्षाको सम्भावना

बाजुरा—आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बदली हुनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। आइतबार राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार