बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कैलाली वितरक संघको अध्यक्षमा सिंह चयन

कैलाली वितरक संघको अध्यक्षमा सिंह चयन

  • शनिबार, चैत्र २१, २०८२
सेयर गर्नुहोस् :
कैलाली वितरक संघको अध्यक्षमा सिंह चयन

बाजुरा २१ चैत : कैलाली वितरक संघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले महेन्द्र कुमार सिंहलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

अध्यक्षमा चयन भएपछि सिंहले सम्पूर्ण साधारण सदस्य, कार्यसमिति तथा निर्वाचन मण्डलप्रति आभार व्यक्त गर्दै आफूलाई प्रदान गरिएको विश्वासलाई उच्च जिम्मेवारीका रूपमा ग्रहण गर्ने बताएका छन्। उनले संघको व्यवसायिक हकहित संरक्षण, सदस्यहरूको एकता मजबुत बनाउने र संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कैलाली वितरक संघले विगतदेखि नै जिल्लाभित्रका वा बाहिर अन्य जिल्लाका वितरक व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन, आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा सहयोग गर्ने लगायतका काम गर्दै आएको छ। साथै संघले सदस्यहरूबीच समन्वय बढाउने, सरोकारवाला निकायसँग सहकार्य गर्ने तथा व्यवसायसम्बन्धी समस्या समाधानमा पहल गर्ने कार्यहरू पनि गर्दै आएको जनाएको छ।

सिंहले संघको समग्र विकासका लागि सबै सदस्यहरूको सल्लाह, सुझाव र सहयोग आवश्यक रहेको उल्लेख गर्दै साझा प्रयासबाट वितरकहरूको हितमा प्रभावकारी काम गर्ने प्रण गरेका छन्।
नवनिर्वाचित अध्यक्ष सिंहको नेतृत्वमा संघले आगामी दिनमा थप सशक्त र परिणाममुखी गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार