बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बढ्यो हवाई इन्धनको मूल्य

बढ्यो हवाई इन्धनको मूल्य

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
बढ्यो हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार