बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • मङ्लबार, चैत्र १७, २०८२
सेयर गर्नुहोस् :
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार