
बाजुरा—बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्न सञ्चारकर्मीहरुको महत्वपूर्ण रहेको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको २१ औं साधारण सभा तथा महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रजिअ निरौलाले यस्तो बताएका हुन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन बाजुरामा पनि साच्चिकै नमूनायोग्य भएको भन्दै त्यसमा पत्रकार महासंघ तथा सम्पूर्ण सञ्चारकर्मीहरुको रचनात्मक तथा निष्पक्ष भूमिकाको उच्च गर्दै धन्यवाद दिएका छन् । यस्तै यसपटकको निर्वाचनले बाजुरामा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन्छ भन्ने मानक स्थापित गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
त्यस्तै अहिलेको पत्रकारिता स्थानीय, देशमा मात्रै सीमित नभएर विश्वव्यापीकरण भएको र डिजिटल अनलाइन माध्यमबाट काम गर्ने यो अवस्था अवसर भएको भन्दै विश्वव्यापीकरण, विश्वयुद्ध लगायतले पत्रकारिता त्यत्तिकै चुनौतिपूर्ण समेत रहेको उनले बताए ।


