
काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ को संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) र सनराइजर्स हैदराबादबीच हुँदैछ ।
यी दुई टोलीको खेल नेपाली समयअनुसार ७ः४५ देखि ब्याङ्गलोरको एम चिन्नस्वामी क्रिकेट स्टेडियममा हुनेछ । आजको खेलमा हैदराबादका लागि कप्तानको भूमिकामा इशान किसन रहने छन् । नियमित कप्तान प्याट कमिन्स ढाडको चोटका कारण केही खेल गुमाउने भएपछि किसनले टिमको कप्तानी गर्ने मौका पाएका हुन् । आरसीबीका लागि भने रजत पार्टीदारले नै कप्तानको भूमिका निर्वाह गर्नेछन् ।
१९ औं संस्करणको आइपीएल २०२६ मार्च २८ बाट मे ३१ सम्म चल्नेछ । आइपीएलमा१० वटा टोलीले डबल राउन्ड रोबिन फम्र्याटमा खेल्ने छन् । यसका आधारमा लिगमा जम्मा ७० खेल हुनेछन् । यी खेलहरू १३ वटा भेन्युमा हुनेछन् । पहिलो चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० वटा खेल खेलाइनेछ । त्यसपछि दोस्रो चरणमा अप्रिल १३ देखि मे २४ सम्म ५० वटा लिका खेलहरु आयोजना हुनेछन् ।
यी खेलहरूमध्ये लिगका खेलहरू आठ वटा डबल हेडर खेलहरू रहेका छन् भने अन्य खेलहरू सिङ्गल हेडरमा खेलाइने छन् । दुई दुई वटा खेल भएको खण्डमा पहिलो खेल ३ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ७ः ४५ बाट सुरु हुनेछ ।
आइपीएल २०२६ का १० टिमका कप्तान र प्रशिक्षकहरूः
१. चेन्नाई सुपर किङ्स
कप्तान : ऋतुराज गाइकवार्ड
प्रशिक्षक : स्टेफन फेल्मिङ
२.दिल्ली क्यापिटल्स्
कप्तान : अक्षर पटेल
प्रशिक्षक : हेमाङ बडानी
३. गुजरात टाइटन्स्
कप्तान : शुभमन गिल
प्रशिक्षक : आशिष नेहेरा
४. कोलकाता नाइट राइडर्स
कप्तान : अजिन्क्य रहणे
प्रशिक्षक : अभिषेक नायर
५. लखनउ सुपर जायन्ट्स
कप्तान : ऋषभ पन्त
प्रशिक्षक : जस्टिन ल्यान्ङगर
६. मुम्बई इन्डियन्स
कप्तान : हार्दिक पाण्ड्या
प्रशिक्षक : महेला जयवर्धने
७. पन्जाब किङ्स
कप्तान : श्रेयस अय्यर
प्रशिक्षक : रिक्की पोन्टिङ
८. राजस्थान रोयल्स्
कप्तान : रियान पराग
प्रशिक्षक : कुमार संगाकारा
९. रोयल च्यालेन्जर्स ब्याङ्गलोर
कप्तान : रजत पाटीदार
प्रशिक्षक : एन्डी फ्लावर
१०. सनराइजर्स हैदराबाद
कप्तान : इशान किसन- प्याट कमिन्स
प्रशिक्षक : डेनियल वेटोरी


