बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  • बुधबार, चैत्र ४, २०८२
सेयर गर्नुहोस् :
बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा—बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुधवार जिल्लाको बडीमालिका नगरपालिका– १ की २१ वर्षीया सुत्केरी सरता देवि रोकायालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको हो ।

मंगलबार राती सुत्केरी भएकी उनलाई अत्यधिक मात्रामा रक्तस्राव तथा श्वासप्रश्वासमा समेत समस्या भएपछि भएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनले स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको र अहिले सुर्खेतमा आईसीयूमा राखेर उपचार भइरहेको बताए ।

चिकित्सकको सल्लाहअनुसार सुविधायुक्त स्वास्थ्य संस्थामा लैजान माग भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत हेलिकप्टरबाट रिफर गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार