
बाजुरा —यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाबाट एसईईमा २ हजार ४२६ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराका निमित्त प्रमुख टिकाराम जोशीकाअनुसार जिल्लाबाट नियमिततर्फ २ हजार १२६ र ग्रेडवृद्धितर्फ ३ सय विद्यार्थी सहभागी हुने भएका छन् । त्यस्तै जोशीले यस बर्षको एसईईका लागि जिल्लाभर १७ वटा परीक्षा केन्द्र तोकिएको समेत जानकारी दिए ।
परीक्षा केन्द्र र विद्यार्थी संख्या




राष्ट्रिय परीक्षा बोर्डले यसअघि माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरिसकेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
यस्ताे छ रुटिन ।



