मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा निर्वाचन उच्च सुरक्षा घेरामा, ड्रोन र हेलिकप्टर तयारी अवस्थामा

बाजुरामा निर्वाचन उच्च सुरक्षा घेरामा, ड्रोन र हेलिकप्टर तयारी अवस्थामा

  • मङ्लबार, फाल्गुन १९, २०८२
बाजुरामा निर्वाचन उच्च सुरक्षा घेरामा, ड्रोन र हेलिकप्टर तयारी अवस्थामा

बाजुरा– बाजुरामा यसपटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ। विगतमा झडप, बुथ कब्जा र हिंसात्मक घटना दोहोरिँदै आएकाले स्थानीय प्रशासनले जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखेको जनाएको छ।

सुरक्षा निकायले विगतका कमजोरीबाट पाठ सिक्दै जनशक्ति बढाउनुका साथै आधुनिक प्रविधिको प्रयोग गरेर मतदानस्थलको निगरानी गर्ने रणनीति तयार पारेको छ। २०४८ सालयता अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति देखिएको बाजुरामा दलगत पकडका आधारमा मतदान केन्द्र कब्जा गर्ने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने तथा कर्मचारीकै सामुन्ने फर्जी मत खसाल्ने प्रवृत्ति मुख्य चुनौती रहँदै आएको छ।

निर्वाचनमा खटिएका कर्मचारीका अनुसार विगतमा खुला धाँधली हुँदा पनि सुरक्षाकर्मी र कर्मचारी निरीह बन्नुपर्ने अवस्था थियो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुरामा दुई युवाको ज्यान गएको थियो। छिमेकी जिल्ला बझाङ मा समेत फर्जी मतदानका घटना देखिँदै आएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का अनुसार यसपटक पहाडी जिल्लामा हुनसक्ने अराजक गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले बाजुरालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको बताए। ड्रोन र सीसीटीभी फुटेजमार्फत शंकास्पद गतिविधि पहिचान गरी तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यक परेमा तत्काल सहयोग पुर्‍याउन हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार