सोमवार, फाल्गुन १८, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • होलीको दिन कस्तो रहनेछ मौसम ?

होलीको दिन कस्तो रहनेछ मौसम ?

  • सोमवार, फाल्गुन १८, २०८२
होलीको दिन कस्तो रहनेछ मौसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ।

तराई भू-भागका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार